site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
धनगढीबाट आएको थियो सूचना, रनवेमा पुगेको जहाजबाट १४१ यात्रुलाई बाहिर निकालियो 
फाइल तस्बिर
Sarbottam CementSarbottam Cement

काठमाडौं । १४१ जना यात्रु बोकेर मुम्बई जान लागेको नेपाल एयरलाइन्सको जहाजबाट सबै यात्रु ओरालिएको छ ।

काठमाडौंबाट मुम्बईका लागि उड्न लागेको जहाजमा एकजना शंकास्पद व्यक्ति रहेको सूचना प्रहरीले पाएपछि सबैलाई बाहिर निकालिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

उक्त जहाजबाट एक जना शंकास्पद व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनी सुनको कारोबार गर्ने व्यक्ति भएको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।  तर पुष्टि भने भइसकेको छैन । 

उनीहरुलाई केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी) ले नियन्त्रणमा लिएको हो ।

Global Ime bank

पक्राउ परेकाको पहिचान खलाइएको छैन । अपराधिक गतिविधिमा आवद्ध रहेको कैलाली प्रहरीको सूचनापछि उनलाई नियन्त्रणमा लिइएको हो ।

जहाजमा बसिसकेको अवस्थामा उनलाई पक्राउ गरिएको हो । काठमाडौंबाट बुधबार १ः१० मा मुम्बई उड्नुपर्ने नेपाल एयरलाइन्सको जहाजबाट उनलाई नियन्त्रणमा लिइएको हो । 

नेपाल प्रहरीका एकजना एआईजीका अनुसार उनी चोरीको घटनामा जोडिएका व्यक्ति हुन् । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १८, २०७९  १५:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement