site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad

बर्खा याममा बाढी, पहिरो, डुबानको समस्या नेपालीको नियति नै भइसकेको छ । भू बनोटका कारण नेपाल बाढी, पहिरोको बढी जोखिममा परेको हो । परन्तु, बाढी पहिरो र डुबानका कारण हुने विनाश र विध्वंशमा भने मानवीय कारण बढी दोषी देखिएको छ । 
 
मानव निर्मित बाँध वा तटबन्धका कारण बाढीले बढी विध्वंश गर्नेगरेको छ । मेसिन लगाएर खोतलेपछि  खोलाहरूले पनि बाटो बदल्न थाले । डाँडा पाखामा डोजरले कोतर्न थालेपछि धेरै गाउँबस्ती पहिरोको जोखिममा परेका छन् । अर्थात्, विनाशको बाहिरी कारण बर्खा देखिए पनि दोषी मानिसै हुन् ।
 
त्यसो त अहिलेको प्राकृतिक प्रकोपको मार नेपालीले सहन परे पनि यसका मूल कारण विश्वका ठूला प्रदूषकहरू नै हुन् । कहिले अनुभव नगरिएको अतिवृष्टि, अनावृष्टि र खण्डवृष्टिमात्र होइन कुयामको बर्खाको पनि कारक चीन, भारत, अमेरिका, रुसलगायतका देशहरूले गरेको वायु मण्डलमा फैलाएको प्रदूषण नै हो ।
 
विश्व तापमान वृद्धि वा कार्बन उत्सर्जन घटाउन नेपालले खासै योगदान गर्न सक्तैन । यसैले जनतामा त्यसको प्रभाव सकेसम्म कम परोस् भन्ने प्रयासमात्रै गर्न सकिन्छ । परन्तु, देशभित्रकै कारणले हुने बाढी, पहिरो र भारतीय हेपाइका कारण भएको डुबानबाट हुने क्षति कम गर्न भने सकिन्छ । 
 
नदीमा विशेषगरी खोलाहरूमा तटबन्धका नाममा ढुङ्गा थुपार्दा बाढीबाट जोगिनेभन्दा कालान्तरमा झन् ठूलो क्षति निम्त्याउने काम हुँदोरहेछ । एउटा किनारामा तटबन्ध गरे खोलाले अर्कोतिर बढी हान्छ । दुवैतिर तटबन्ध गरेपछि खोला पुरिएर माथि उत्रिन्छ । अर्थात्, खोलाले थुनछेक सहँदो रहेनछ । 

पछिल्ला वर्षहरूमा त खोलामात्र हैन डाँडासमेत ठूला मेसिनहरू प्रयोग गरेर खोस्रन थालिएको छ । सत्तामा पहुँच र सम्पत्ति भएका सीमित व्यक्तिहरूले सरकारी संरक्षण र सहमा गरेको दोहनले निम्त्याउने विध्वंशको मार भने जनसाधारणले सहनुपर्छ । नदी र खोलाको अनुचित दोहन पनि तत्काल रोक्नु आवश्यक छ ।

प्राविधिक र वातावरणीय अध्ययनविना कलिला पहाडहरू खोस्रिँदा सयौँ वर्ष पुराना बस्तीहरूसमेत नयाँ पहिरोको जोखिममा परेका छन् । नदी वा खोलाको साँध चेपेर बसेका बस्तीमा खोला पस्नु अस्वाभाविक होइन तर सयौं वर्ष पुराना बस्ती पहिरोमा पर्नु भने अप्राकृतिक नै हो ।
 
यसैले बर्सेनि बाढी पहिरो पीडितको उद्धार र पुनःस्थापना गर्ने तर विनाशको जोखिम पनि बढाइरहने अहिलेको ‘विकासे सोच’ पहिले बदल्नु जरूरी छ । विशेषगरी डाँडामा सडक र खोलामा तटबन्धका नाममा विनाश निम्त्याउने काम तत्काल बन्द गर्नुपर्छ । 
 
खोलामा बस्ती बसाएपछि बगाउँछ र डाँडालाई बुद्धि नजोगाई खोस्रेपछि पहिरो जान्छ भन्ने पनि बुझ्न नचाहने ‘अबुझहरू’का कारण भविष्यमा झन् ठूला विपत्ति आइलाग्ने अवश्यम्भावी छ । प्रकृतिलाई जित्ने ‘भौतिवादी हठ’ नेपालमा सफल हुँदैन भन्ने यथार्थ शासकका साथै जनताले पनि आत्मसात गरून् ।    
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १८, २०७९  १४:०२
Sipradi LandingSipradi Landing
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro