site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
संसद् अधिवेशन अन्त्य गरी निर्वाचन घोषणा गर्ने सरकारको तयारी
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । साताको सोमबार र बिहीबार नियमित मन्त्रिपरिषद्को बैठक बस्ने प्रचलन छ । तर, गएको हप्ताको बिहीबार र यो हप्ताको सोमबार मन्त्रिपरिषद् बैठक बसेन ।

अब बस्ने मन्त्रिपरिषद् बैठकले प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा गर्ने सम्भावना छ । त्यसकारण मन्त्रिपरिषद् बैठक किन बसेन भन्ने जिज्ञासा पनि बढेको हो ।

बैठक बस्न नसक्नुको कारणबारे स्वयं मन्त्रीहरू अनविज्ञता प्रकट गर्छन् । अब आउँदो बिहीबार बैठक बस्न सक्ने एक मन्त्रीले बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

“बैठक एजेन्डा भएर बस्ने हो । यो प्रधानमन्त्रीले आह्वान गर्ने विषय पर्‍यो । अहिले एजेन्डा भएन होला र बैठक बोलाइएन भनेर हामीले बुझेका छौँ,” एक मन्त्रीले बाह्रखरीसित भने, “सायद बिहीबारको बैठक भने बस्छ होला ।”

अब बस्ने मन्त्रिपरिषद् बैठकले प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा गर्नुपर्ने निर्वाचन आयोगको भनाइ छ । 

Global Ime bank

तर, सत्ता गठबन्धनभित्र निर्वाचनको मिति घोषणा गर्न हतारो देखिँदैन । एक मन्त्रीले बाह्रखरीलाई दिएको जानकारीअनुसार चालु संसद् अधिवेशन अन्त्य नभएसम्म निर्वाचन घोषणा हुने सम्भावना छैन ।

“संसद् अधिवेशन अन्त्य भएपछि मात्रै निर्वाचन मिति घोषणा गर्ने प्रधानमन्त्रीको तयारी भएको बुझेको छु,” एक मन्त्रीले बाह्रखरीसँग भने, “तर, संसद् कहिलेसम्म चल्छ भन्ने अहिले नै भन्न सकिँदैन ।”

गठबन्धनमा आबद्ध एउटा दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो कारणले निर्वाचनको मिति घोषणा रोकिएको बताइसकेका छन् । प्रचण्डको अभिव्यक्ति र मन्त्रिपरिषद्को बैठक बस्न भइरहेको ढिलाइलाई निर्वाचन आयोगले चुनावको मिति पर सार्ने सत्ताको तयारीका रूपमा आकलन गर्न थालेको छ ।

“तुरुन्तै निर्वाचन घोषणा भएन भने निर्वाचन पर सर्ने सम्भावना हो कि भन्ने पनि देखिन्छ,” आयोग स्रोतले भन्यो, “हामीले मिति प्रस्ताव गरिसकेका छौँ । सोही आसपासमा हुनुपर्छ भन्ने हाम्रो भनाइ हो ।”

आयोगले आउँदो मंसिर २ गते निर्वाचन गर्न प्रस्ताव गरिसकेको छ । आयोगलाई निर्वाचनको तयारी गर्न करिब १२० दिनको समय आवश्यक पर्छ । त्यो समय घर्कंदै जाँदा पनि घोषणा नगरिँदा निर्वाचन सार्ने सम्भावनाका रूपमा आकलन गर्न थालिएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवा आयोगले भनेको मितिमा निर्वाचन घोषणा गर्न तयार थिए । तर, गठबन्धनभित्र मिति घोषणामा प्रचण्डको आग्रह र अरू प्राविधिक विषयमा सहमति हुन नसक्दा समस्या भएको बताइन्छ ।

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल दलहरूबीच कुराकानी भइरहेको भन्दै चाँडै निर्वाचनको मिति घोषणा हुने बताउँछन् ।

“मंसिर ४ गतेभित्रै निर्वाचनको मिति तोक्ने विषयमा कुराकानी भएको छ । दलहरूबीच कसरी सहकार्य गर्ने भनेर पनि छलफल भइरहेको छ,” पौडेलले भने, “केही दिनपश्चात् एउटा निचोडमा हामी पुग्छौँ । निर्वाचन मिति पनि घोषणा गर्छौँ ।”

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १७, २०७९  १४:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement