काठमाडौं । सरकारले देशका विभिन्न स्थानमा रहेका २२ अस्पताललाई १३३ वटा हेमोडायलासिस मेसिन वितरण गरेको छ ।
स्वास्थ्य सेवा विभागको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाले अस्पतालहरूको आवश्यकताका आधारमा डायलासिस मेसिन वितरण गरेको हो । गएको आर्थिक वर्षमा अस्पतालहरूबाट माग भएअनुसार हेमोडायलासिस मेसिन खरिद गरेर वितरण गरिएको महाशाखाले जनाएको छ ।
सरकारले मिर्गौलाको निःशुल्क डायलासिस सेवाका लागि देशभरका ७० अस्पताल छुट्ट्याइएको छ ।
हेमोडायलाइसिस मेसिन पाउने अस्पताल
– कोसी अस्पताल, विराटननगर – ६ वटा
– इलाम अस्पताल – दुईवटा
– बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान – १० वटा
– जनकपुर प्रादेशिक अस्पताल – तीनवटा
– गजेन्द्रनारायण निधि सगरमाथा अस्पताल, राजविराज – पाँचवटा
–नारायणी अस्पताल, वीरगन्ज – पाँचवटा
– वीर अस्पताल, काठमाडौं – १० वटा
– शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र, काठमाडौं – तीनवटा
– बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, चितवन – चारवटा
– भरतपुर अस्पताल, चितवन – पाँचवटा
– त्रिवि शिक्षण अस्पताल, काठमाडौं – चारवटा
– नेपाल प्रहरी अस्पताल, काठमाडौं – चारवटा
– शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुर – २० वटा
– पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा – पाँचवटा
– भेरी अस्पताल, नेपालगन्ज – ६ वटा
– राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङ – १० वटा
– राप्ती प्रादेशिक अस्पताल, दाङ – आठवटा
– कर्णाली प्रादेशिक अस्पताल, सुर्खेत – चारवटा
– कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला – ६ वटा
– सेती प्रादेशिक अस्पताल, कैलाली – चारवटा
– डडेलधुरा अस्पताल, डडेलधुरा – पाँचवटा
– गर्हौ प्राथमिक अस्पताल, स्याङ्जा – चारवटा