राजनीति
काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्मा फेरि अर्थमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई आइतबार अर्थमन्त्रीमा नियुक्त गरेकी हुन् ।
बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको प्रवेश भएको आरोप लागेपछि उनले गएको असार २२ गते पदबाट राजीनामा दिएका थिए ।
उनीबारे छानबिन गर्न संसदीय छानबिन समिति बनेको थियो । तर, संसदीय छानबिन समितिले 'क्लिन चिट' दिएपछि उनी फेरि अर्थमन्त्री बनेका हुन् ।
प्रकाशित मिति: आइतबार, साउन १५, २०७९ १६:१४
प्रतिक्रिया दिनुहोस्