site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad

सार्वजनिक सेवामा रहेका कर्मचारीलाई पार्टीका कार्यकर्ता र कर्मचारीको दोहोरो भूमिका अपनाउन आह्वान गर्नु संविधान र लोकतान्त्रिक मान्यताको उपहास हो । राज्यको ढुकुटीबाट तलब खाने कर्मचारीलाई दलगत राजनीतिमा संलग्न गराउनु राजनीतिक अनैतिकता हो ।
 
नेपाल कम्युनिस्ट पार्टी ९एमाले०का वरिष्ठ उपाध्यक्षले सार्वजनिक संस्थाका कर्मचारीहरूको एउटा संगठनलाई सम्बोधन गर्ने क्रममा कर्मचारीलाई दोहोरो भूमिका अपनाउन भनेका छन् । अरू दलका नेताहरूमा पनि कर्मचारीलाई कार्यकर्ता बनाउने निरंकुश मनोवृत्ति कम छैन ।
 
त्यसो त प्रमुख दलहरू सबैले सार्वजनिक निकायका कर्मचारीको आआफ्ना संगठन बनाएका छन् । जनताको करबाट तलब खाएर दलगत संगठनमा संलग्न हुने कर्मचारीहरूको चुरीफुरी नै बढी हुन्छ । 
 
संविधानले कर्मचारीहरूलाई पनि संगठित हुने अधिकार दिएको छ । संगठनहरू सैद्धान्तिकरूपमा राजनीतिक दलहरूप्रति निकट हुनु पनि अस्वाभाविक होइन । तर, राज्यको तलब खाएर दल विशेषको पक्षमा सक्रिय हुनु भने अक्षम्य अनैतिकता हो । 
 
संविधानले कर्मचारीलाई संगठनको अधिकार आफ्नो समुदायको हित गर्नका लागि दिएको हो ।  तर, राजनीतिक दलका नेताले र तिनका पिछलग्गु कर्मचारीले त्यसको चरम दुरुपयोग गरे । यसले देशको अहित त गरेको छ नै स्वय‌ं तिनै दलहरूको पनि भलो हुनेछैन ।
 
राजनीतिमा नैतिकतालाई पन्छाउँदा निस्कने परिणामको एउटा उदाहरण ‘एम अधिकारी’सम्बन्धी विवाद नै हो । एम अधिकारीको पहिचान गर्न सरकार अनिच्छुक देखिए पनि जनमानसले त किटान गरिसकेको छ ।
 
नेपालका राजनीतिक दलका नेताहरू खोला तर्दा अरूको बुई चडेको तस्बिर सामाजिक सञ्जालमा निकै व्याप्त भएको थियो । समानताका निम्ति सङ्घर्ष गरेको गुड्डी हाँक्नेहरू अशक्त नभए पनि अरूको बुईमा बोकिएको देख्नेहरूले कटु आलोचना पनि गरेका थिए ।  
 
जनस्तरमा हुने यस्ता आलोचनालाई नेपालका राजनीतिक नेताले खासै महत्त्व दिने गरेको देखिएको छैन । यसैले पछिल्ला दिनहरूमा पनि उनीहरूको आचरणमा कुनै सुधार भएको छैन । अहिले पनि नेताहरू अरूकै खर्चमा बाँच्न र अरूकै बुईमा बोकिन रमाउँछन् ।
 
अरूको बुईमा रमाउने राजनीतिक दलका नेताहरूको भुइँफुट्टा चरित्र तिनको दलका संगठन र संरचनामा पनि प्रतिविम्बित हुन्छ । सम्भवतः यस्तै प्रवृत्तिका कारण जनस्तरमा राजनीतिक नेतृत्वप्रति चरम वितृष्णा बढ्दै गएको हो ।
 
अहिलेका राजनीतिक दलका प्रमुख नेताहरूबाट नैतिकता र लोकतान्त्रिक आचरणको अपेक्षा गर्ने ठाउँ नै बाँकी छैन । यसैले जनताको करबाट तलब खानेहरूले इमानदारी र नैतिकता देखाउनुपर्ने बेला भएको छ । 
 
कर्मचारी र दलका कार्यकर्ताको दोहोरो भूमिका अपनाउँदा द्वैध चरित्रको हुन पुगिन्छ । द्वैध चरित्रले देश र समाजलाई हानि हुन्छ भने व्यक्तिको पनि दीर्घकालीनरूपमा भलो हुँदैन । द्वैध चरित्रका व्यक्तिका कारण सन्तानले समेत शिर निहुराउनुपर्ने हुनसक्छ ।
 
यसैले सरकारी र सार्वजनिक संस्थाका कर्मचारी राज्यप्रति इमानदार हुनुपर्छ । दलगत संगठनमा सक्रिय हुन मन लागे जागिर छाडेर लाग्ने स्वतन्त्रता छ । आफूले अपनाएकै पेसाप्रति बेइमानी गर्नु त अनैतिक हुनु पनि हो ।
 
राजनीतिक दलका नेताहरूले पनि अब भूमिगत कालको नीति त्यागेर लोकतान्त्रिक संस्कार अपनाउनुपर्छ । अब पनि राजनीतिलाई बुई चड्ने र कमाई खाने बाटो बनाउन नछाडे जनताको चरम घृणाको सामना गर्नुपर्नेछ । चेतना भया । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन १५, २०७९  १०:१६
Sipradi LandingSipradi Landing
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro