देश
काठमाडौं । गुल्मीमा ट्याक्टरबाट खसेर परिचालकको मृत्यु भएको छ । मुसीकोट नगरपालिका २ देउरालीमा हिजो साँझ ट्याक्टरबाट खसेर परिचालकको मृत्यु भएको हो । मालिका गाउँपालिका २ का २२ वर्षीय दीपक परियारको मृत्यु भएको हो ।
तम्घासबाट पौदी अमराईतर्फ जाँदै गरेको लु २ त ५६०३ नम्बरको ट्याक्टरबाट हिजो साँझ ६ बजे उनी खसेका थिए । गम्भीर घाइते भएका उनको उपचारका क्रममा लुम्बिनी मेडिकल कलेज प्रभाषमा गएराति २ बजे मृत्यु भएको थियो ।
प्रकाशित मिति: बिहीबार, साउन १२, २०७९ ०८:३९
प्रतिक्रिया दिनुहोस्