site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell

मन्त्रिपरिषद्ले यौन दुर्व्यवहारको आरोप लागेकाे व्यक्तिलाई चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय सरकारले गरेको छ । सर्वोच्च अदालतको निर्णयअनुसार त उक्त पदमा नियुक्त हुन निजको न्यूनतम योग्यतासमेत पुग्दैन ।

प्रधानमन्त्रीका नातेदार भएकै कारण सशस्त्र प्रहरीका एक जना अधिकृतलाई बढुवा गर्ने सिफारिस पाउन न्यूनतम योग्यता र वरीयता आवश्यक भएन । भूमिसुधार तथा व्यवस्था मन्त्रीले पनि नातेदारलाई अनुभवको ‘कीर्ते’ प्रमाण देखाएर सहकारी बोर्डमा सदस्य नियुक्त गरेकी छन् ।  

प्रधानमन्त्री र मन्त्रीहरूले लिने पद तथा गोपनीयताको शपथमा नैतिक मूल्य तथा शासकीय मर्यादा ध्वस्त पार्ने वाचा गरिएको त हुँदैन होला । तर, सत्तामा पुग्नेबित्तिकै उनीहरूको ध्याउन्न सबै मर्यादाका सबै सीमा उल्लङ्घन गर्ने हुँदैआएको छ । 

KFC Island Ad
NIC Asia

यसभन्दा पहिलेको सरकारका प्रधानमन्त्रीले यसरी नै कानुन, नियम, नैतिक मूल्य र मर्यादा मिचेर मनपरी गर्दा उनका विरुद्ध सडकदेखि संसद्सम्म आन्दोलन भएको थियो । उनीपछि बनेको सरकारले त कम्तीमा कानुनी नैतिक मर्यादा पालना गर्ने अपेक्षा गरिएको थियो ।

परन्तु, प्रधानमन्त्री शेरबहादुर देउवाकाे मन्त्रिपरिषद्ले नैतिक मर्यादाका सबै सीमा उल्लङ्घन गर्न थालेकाे छ । नैतिक चरित्रमा प्रश्न उठेको व्यक्तिलाई सार्वजनिक पदमा नियुक्त गरेर  सरकारले संविधानकाे मात्र होइन नेपाली समाजकाे पनि उपहास र अपमान गरेको हो । 

Royal Enfield Island Ad

राज्यका पदहरू लिलालमा बेच्नु वा आफन्तलाई कोसेली दिनुलाई पौरख ठान्नेहरू आफ्ना प्रतिनिधि हुन् भन्नुपर्दा धेरै नेपालीको शिर लाज निहुरिएको छ । यसैगरी नेपालको संविधान,२०७२ ले संस्थागत गरेको लोकतान्त्रिक मूल्यमा पनि सरकारको व्यवहारले चकनाचुर भएको छ । 

ढिलोचाँडो स्वेच्छाचारी सत्ताको पतन त हुन्छ तर खलबलिएको मर्यादा र मूल्य पुनःस्थापित हुन भने सजिलो हुँदैन । अलिकति पनि नैतिक मूल्यप्रति सम्मान छ र यस्ता स्वेच्छाचारी र मर्यादाहीन क्रियाकलापमा प्रत्यक्ष संलग्न छैनन् भने उनले यी गलत निर्णयहरू सच्याउनुपर्छ ।

नेपालकाे सिनेमा क्षेत्र कति सचेत र सभ्य छ भन्ने कसी पनि यो नियुक्ति हुनेछ । सिनेमा क्षेत्रले बहिष्कार गर्ने हो भने नियुक्ति स्वतः अर्थहीन हुन्छ । यसैले सरकारको मात्र होइन समाजकाे पनि कसी भएका छन् अहिलेका स्वेच्छाचारी नियुक्तिहरू । 

सरकारले सच्याएन भने (त्यसो हुने सम्भावना बिरलै देखिन्छ ) जनताले नै त्यस्ता निर्णयहरू बदर गरिदिनुपर्छ । नैतिक चरित्रमै बात लागेका वा योग्यता नपुगेका नियुक्तिहरूलाई सचेत समाजले बहिष्कार गर्नपर्छ भने पीडितहरूले पनि मुख खोल्ने आँट गर्नुपर्छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ११, २०७९  २१:३०
Sipradi LandingSipradi Landing
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro