site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
अमेरिकी सभामुख पेलोसीले ताइवान भ्रमण गम्भीर परिणाम भोग्नुपर्ने चीनको चेतावनी
Siddhartha BankSiddhartha Bank

वासिङटन । अमेरिकी प्रतिनिधिसभाका सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमण योजनाको हल्लालाई लिएर चीन आक्रोशित भएको छ । जसका कारण ह्वाइट हाउसलाई गम्भीर भूराजनीतिक टाउको दुखाइ भएको छ । 

चीनले यदि पेलोसीले ताइवान भ्रमण गरेमा त्यसको 'गम्भीर परिणामरहरू' आउने चेतावनी दिएको छ । यदि भ्रमण कार्यान्वयन भएमा राष्ट्रपतिपछिको दोस्रो वरीयतामा पर्ने पेलोसी सन् १९९७ पछि टापु राष्ट्र ताइवानको भ्रमण गर्ने अमेरिकाको शीर्ष राजनीतिक व्यक्तित्व हुनेछिन् ।

Prabhu Bank
Agni Group
NIC Asia

चीनले स्वायत्त शासित ताइवानलाई आफ्नो भूमिबाट टुक्रिएको एउटा प्रान्तको रूपमा लिँदै त्यसलाई चिनियाँ मुख्य भूमिमा गाभिनुपर्ने बताउँदै आएको छ । 

ताइवानलाई चीनमा गाभ्न आवश्यक परेमा फौजसमेत प्रयोग हुन सक्ने चीनको भनाइ छ । बाइडेन प्रशासनलेसमेत क्यालिफोर्नियाका डेमोक्रेट पेलोसीको ताइवान भ्रमण रोक्ने प्रयास गरेको बुझिएको छ । 

Global Ime bank

गत साता अमेरिकी राष्ट्रपति जो बाइडेनले पत्रकारहरूलाई भनेका थिए, “अमेरिकी सेनाले यस्तो भ्रमण राम्रो विचार नभएको भन्ने सोच्छ ।" तर ह्वाइट हाउसले यस्तो भ्रमणलाई लिएर चीनले सार्वजनिक रूपमा टिकाटिप्पणी गर्नु 'स्पष्ट रूपमा असहयोगी र अनावश्यक' कार्य रहेको जनाएको छ ।

यसैबीच अमेरिकी विदेश विभागले पेलोसीले यस्तो कुनै भ्रमण घोषणा गरिनसकेको र अमेरिकाको ताइवानप्रतिको नीति परिवर्तन नहुने जनाएको छ । 

बीबीसीबाट

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ११, २०७९  २०:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय