site stats
देश
‘पैसा नदिए एसिड हान्छु’ भनेर प्र्याङ्क भिडियो बनाउने युट्युबर पक्राउ

काठमाडौं । प्र्याङ्क भिडियोका नाममा महिलामाथि अभद्र व्यवहार गरेको आरोपमा एक युट्युबरलाई प्रहरीले पक्राउ गरेको छ । 

'बदमास केटा' नामक युट्युब च्यानलका सञ्चालक नवलपरासीका २६ वर्षीय पूर्णचन्द्र भुसाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Himalayan Bank
Dabur nepal
Agni Group

उनले बाटोमा हिँडिरहेकी महिलालाई ‘पैसा, मोबाइल, गर गहना नदिए एसिड हान्छु’ भनेर प्र्याङ्क भिडियो बनाएका थिए ।

उनीमाथि विद्युतीय कारोबार ऐन, २०६३ अनुसारको कसुरमा ७ दिन म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

Global bank

प्रकाशित मिति: मंगलबार, साउन १०, २०७९  १८:४६
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय