विशेष
काठमाडौं । देशका केही नदीहरूमा आज पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार आज त्रिवेणीस्थित तमोर, आरुघाटस्थित बूढीगण्डकी, विमलनगरस्थित मर्स्याङ्दी, समजीघाटस्थित भेरी र मैनाचुलीस्थित कन्काई नदीमा बहाव बढ्नेछ ।
आज दोलखा, नुवाकोट, धादिङ, गोरखा, लमजुङ, दैलेख, कालीकोट र आसपास भई बहने केही साना नदीहरूमा पनि बहाव बढ्नेछ । केहीमा आकस्मिक बहाव समेत हुन सक्ने पूर्वानुमान छ ।
प्रकाशित मिति: सोमबार, साउन ९, २०७९ ०८:३७
प्रतिक्रिया दिनुहोस्