site stats
बाह्रखरी :: Baahrakhari
विशेष
मधेसमा कानुनी सहायता अधिकृतका लागि दरखास्त आह्वान

काठमाडौं । मधेस प्रदेशमा कानुनी सहायता अधिकृतका लागि करार सेवामा दरखास्त आह्वान गरिएको छ । मुख्य न्यायाधिवक्ताको कार्यालयले सोमबार सूचना प्रकाशित गर्दै प्रदेश कानुनी सहायता अधिकृतका लागि दरखास्त माग गरेको हो ।

आवश्यक पद संख्या दुई रहेको सूचनामा जनाइएको छ । कार्यक्षेत्र सिरहा तथा बारा जिल्ला हुने उल्लेख छ । निवदेन दस्तुर नलाग्ने पनि जनाइएको छ ।

Argakhachi Cement Island Ad

“यस मुख्य न्यायाधिवक्ताको कार्यालय, मधेश प्रदेशमा मिति २०७९/०५/०१ देखि नियुक्ति हुने गरी प्रदेश कानुनी सहायता अधिकृत पदमा करारमा पदपूर्ति गर्नुपर्ने भएकोले तपसिलमा उल्लेखित योग्यता पुगेका इच्छुक अधिवक्ताहरूले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र यस कार्यालयको वेबसाइटमा उपलब्ध रहेको आवेदन फाराम भरी तपसिलबमोजिमको कागजातहरू संलग्न गरी यस कार्यालयको इमेल ठेगानामार्फत दरखास्त पेस गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ,” सूचनामा भनिएको छ, “रित नपुगी वा म्याद नाघी वा दरखास्तसाथ अनिवार्य रूपमा संलग्न गर्नुपर्ने कागजातहरू संग्लन नभई पेस हुन आएको दरखास्तउपर कुनै कारबाही हुने छैन ।”

सूचना पढ्नोस्–

प्रकाशित मिति: सोमबार, साउन ९, २०७९  ०७:२०
प्रतिक्रिया दिनुहोस्