site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सन्तोषी माताको मूर्तिमा जडित सुनचाँदीका ‍गहनासहित तीनजना पक्राउ

काठमाडौं । काठमाडौंको नक्सालमा पर्ने नागपोखरीस्थित सन्तोषी माताको मन्दिरको ताल्चा फोडेर सुन तथा चाँदीका गरगहना चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा सिन्धुपाल्चोक चौताराकी १८ वर्षाीया सविना पराजुली, गुल्मी मुसिकोट २ का २५ वर्षीय विष्णु पछाई र सर्लाही लालबन्दी १६ का २० वर्षीय सिद्धार्थ बुढाथोकी रहेका छन् ।

उनीहरूलाई जिल्ला प्रहरी परिसर तथा प्रहरी वृत्त मालीगाउँबाट संयक्त रूपमा खटिएको प्रहरीले सन्तोषी माताको मूर्तिमा जडित सुनचाँदीका गरगहनासहित पक्राउ गरेको हो ।

उनीहरूमाथि काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद मागेर अनुसन्धान थालिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २, २०७९  १८:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro