site stats
बाह्रखरी :: Baahrakhari
देश
काठमाडौंमा सक्रिय कोरोना संक्रमितको संख्या १,००० नाघ्यो
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । पछिल्लो चौबिस घण्टामा काठमाडौं उपत्यकामा २१८ जना कोभिड १९ संक्रमित थपिएका छन् ।

काठमाडौंमा १६३, भक्तपुरमा १० र  ललितपुरमा ४५ जना संक्रमित थपिएका हुन् । योसँगै उपत्यकामा सक्रिय संक्रमितको संख्या एकहजार ११३ पुगेको छ ।

आज देशभर रहेका एकहजार ७७६ जना सक्रिय संक्रमितमध्ये एकहजार ७०१ जना होम आइसोलेसनमा र ७५ जना संस्थागत आइसोलेसन छन् । अस्पतालमा रहेकामध्ये १५ जना आईसीयूमा र एकजना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 
 

प्रकाशित मिति: सोमबार, साउन २, २०७९  १६:२८
प्रतिक्रिया दिनुहोस्