site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
पर्यटनमन्त्री श्रेष्ठले भने– म लामो समय सरकारमा बस्ने मन्त्री होइन

काठमाडाचैं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री जीवनराम श्रेष्ठले पर्यटन क्षेत्रमा देखिएका विकृतिलाई सरकार र निजी क्षेत्र मिलेर नियन्त्रण गर्न जरुरी रहेको बताएका छन् । 

सोमबार पर्यटन मन्त्रालयमा भएको सरोकारवाला निकायसँग पर्यटन क्षेत्रको पुनरुत्थानबारे भएको कार्यक्रममा मन्त्री श्रेष्ठले पर्यटन क्षेत्रमा विकृति बढ्दै गएको गुनासो आउने गरेको भन्दै निजी क्षेत्रसँग हातेमालो गरेर विकृति नियन्त्रण गर्ने योजना रहेको बताए । पर्यटनमन्त्री श्रेष्ठले नेपालको पर्यटन क्षेत्रको पुनरुत्थापन गर्न तत्काल गर्न सकिने र दीर्घकालमा गर्नुपर्ने कामका विषयमा अध्ययन गरेर काम अगाडि बढाउने उल्लेख गरे । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

मन्त्री श्रेष्ठले तत्काल समय सापेक्ष अनुसारको ऐन नियमलाई संशोधन गरेर काम अगाडि बढाउने तयारी भइरहेको बताए । उनले आफू लामो समय बस्ने मन्त्री नभएको भन्दै ऐन कानुन निर्माण गर्न भने लागि पर्ने बताए । 

कार्यक्रममा ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)का अध्यक्ष खुमबहादुर सुवेदीले पर्यटन बोर्डले नेपालको पर्यटन क्षेत्रका सबै प्याकेजलाई अनलाइन प्रणालीमार्फत प्रचारप्रसार गर्न सुझाव दिए । अध्यक्ष सुवेदीले विदेशी पर्यटक नेपाल आएर नेपालका पर्वतीय र पदयात्रा जाँदा ट्रेकिङ कम्पनीहरुको माध्यमबाट मात्रै पर्वतीय र पदयात्रा सञ्चालन हुनुपर्ने जिकिर गरे । 

होटल एसोसिएसन अफ नेपाल (हान)की अध्यक्ष सिर्जना राणाले राज्यले पर्यटन उद्योगलाई कहिल्यै राष्ट्रिय प्राथमिकता नराखेको गुनासो गरिन् । उनले सरकारले अन्य उद्योगको तुलनामा राष्ट्रिय प्राथमिकता नपरेर सहुलियत तथा छुटसमेत नपाउँदा उद्योग धरासाही बनेको दाबी गरिन् । 

अध्यक्ष राणाले  सरकारले पर्यटन उद्योगलाई मौद्रिक नीतिमार्फत सहुलियत तथा अनुदानको व्यवस्था गरे मात्रै पर्यटन उद्योगलाई ठूलो सहयोग पुग्ने बताए । उनले  सरकारले नेपालको राम्रो सन्देश दिनको लागि पाँच तारेदेखि सबै होटलमा खानामा गुणस्तरियता कायम गराउनु पर्ने सुझाव दिइन् । 

नेपाल पर्वतारोहण संघ (एनएमए)का अध्यक्ष सन्तवीर लामाले पर्वतारोहण उद्योगलाई राष्ट्रिय उद्योगको रुपमा स्थापना गर्न सुझाव दिए । उनले पर्वतारोहण सम्बन्धि सेवा सुविधाहरु एकद्वार प्रणालीमार्फत दिनुपर्ने बताए । अध्यक्ष लामाले शाहसिक विभिन्न खेलहरुको लागि हिमालय आरोहण समेत खुल्ला गर्न माग गरे । 

नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)का अध्यक्ष रमेश थापाले पर्यटकको लागि काठमाडौंमा लामो समयदेखि पर्यटक बसपार्कको अभाव भएकाले सरकारले पर्यटक बसपार्कको व्यवस्थापन तत्काल गर्नुपर्ने बताए । 

प्रकाशित मिति: सोमबार, साउन २, २०७९  १५:३४
प्रतिक्रिया दिनुहोस्