site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वडाका समस्याको निरीक्षणमा बालेन

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले वडा स्तरीय निरीक्षण अवलोकनलाई निरन्तरता दिएका छन् । यसै क्रममा आज वडा मन्बर १ का विभिन्न स्थानमा अवलोकन गरेका छन् । 

भ्रमण अवलोकनका क्रममा वडाध्यक्ष भरतलाल तण्डुकार, वडा सदस्यसहित स्थानीय सहभागी थिए । कमलपोखरीबाट सुरु भएको निरीक्षण भगवान बहाल, वडा कार्यालयसँगैको ढुङ्गेधारा, वडा कार्यालयसँगै रहेको नन्दीकेशरबहाल, नन्दी माध्यमिक विद्यालय, नारायण चौर (नन्दीकेशर बगैँचा) नागपोखरी, हात्तीसार पुगेर सकिएको थियो ।

पोखरी तथा ढुङ्गेधाराको अवस्था र सुधार, वहालमा रहेको करुणामयको प्रतिस्थापित मूर्ति, विद्यालयमा शौचालय, बगैँचाको दिगो व्यवस्थापनलगायत विषयमा कुराकानी भएको थियो ।

भगवान बहालमा रहेको करुणामयको मूर्ति हराएर भेट्टाएपछि प्रतिस्थापित गरिएको हो । प्रतिस्थापना गर्नुअघि मूर्तिलाई छाउनीस्थित संग्रहालयमा राखिएको थियो ।

वडा कार्यालय भवनका लागि नन्दीकेशर बहाल पुनःनिर्माण गरेर माथिल्लो तला प्रयोग गर्न सकिने सम्भावनाका विषयमा छलफल भएको थियो ।

मेयर बालेनले वडाबाट हुने काममा महानगरबाट पर्याप्त सहयोग हुने बताए । वडाध्यक्ष श्रेष्ठले सरसफाइका लागि वडासँग पुग्नेजति जनशक्ति नभएको बताउँदै यसमा महानगरले सहयोग गर्नुपर्ने बताए । यसअघि पनि मेयर बालेनले विभिन्न वडाको निरीक्षण गरिसकेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २, २०७९  १५:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro