site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेम्वाङ बिरामी परेपछि एन्फा बैठक स्थगित

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङ विरामी परेपछि आजका लागि तय गरिएको कार्यसमिति बैठक स्थगित भएको छ ।

एन्फा कार्यसमितिको दोस्रो बैठक आज दिउँसो ३ बजेका लागि एन्फा मुख्यालयमा राखिएको थियो । तर, अचानक अध्यक्ष नेम्वाङको स्वास्थ्यमा समस्या आएपछि एन्फा सचिवालयले बैठक अनिश्चित समयका लागि स्थगित गरेको हो ।

“अध्यक्षको स्वास्थ्यमा समस्या आएपछि आज तय भएको बैठक स्थगित भएको छ,” एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले भने, “उहाँको मुटुमा समस्या देखिएको भनिएको छ । बिहान ११ बजेपछि उहाँको स्वास्थ्यमा समस्या आएको हो । उहाँलाई मेडिसिटी अस्पतालमा भर्ना गरिएको छ ।”

अध्यक्षको स्वास्थ्यस्थितिकै कारण आजको अर्को सूचना नहुदाँसम्मका बैठक स्थगित गर्नुपरेको एन्फाले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २, २०७९  १४:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro