site stats
बाह्रखरी :: Baahrakhari
देश
हेरोइन ‘ल्याउने’, लिन जाने र लिन पठाउने पक्राउ 
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । अवैध लागुऔषध ‘हेरोइन’सहित काठमाडौंबाट पाँचजना पक्राउ परेका छन् ।

काठमाडौंस्थित द माइलस्टोन होटेलको कोठा नम्बर ६०१ बाट चार किलो हेरोइनजस्तो देखिने धुलो पदार्थसहित ६१ वर्षीय एक अफ्रिकी नागरिकलाई गएको शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । प्रहरीले ती व्यक्तिसँग उक्त पदार्थ लिन आएको अवस्थामा बा२ज ५६५५ नम्बरको ट्याक्सी चालक नुवाकोटको तादी गाउँपालिका–५ का ५० वर्षीय सुकेश तामाङलाई पनि सोही होटेलस्थित सडकबाट पक्राउ गर्‍यो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सुकेशलाई उक्त पदार्थ लिन पठाउने भारतको दिल्ली ठेगाना भएकी ३२ वर्षीया एक महिलालाई समेत शनिबार साँझ काठमाडौंको तिलगंगास्थित सडकबाट प्रहरीले पक्राउ गरेको छ ।

यस्तै, भक्तपुरको मध्यपुर थिमी नगरपालिका–१ डेरा गरी बस्ने ताप्लेजुङको फुङ्लिङ नगरपालिका–१ का २७ वर्षीय राजकुमार तामाङ र मैवाखोला गाउँपालिका–१ की ३५ वर्षीय सुशीला तामाङलाई आठ ग्राम पाँच मिलिग्राम खैरो हेरोइन, एकथान डिजिटल तराजु र नगद ६५ हजार ५०० रुपैयाँसहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

गोप्य सूचनाका आधारमा नेपाली प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको टोलीले उनीहरूलाई उनीहरूकै कोठाबाट उक्त हेरोइनसहित फेला पारी पक्राउ गरेको जनाइएको छ ।

उनीहरू सबैजनाविरुद्ध  लागुऔषध मुद्दामा सात दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, साउन २, २०७९  ०७:३०
प्रतिक्रिया दिनुहोस्