site stats
बाह्रखरी :: Baahrakhari
देश
होटेलमा बालिकालाई वेश्यावृत्तिमा लगाउने महिला पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । खाजाघरमा बालिकाहरूलाई वेश्यावृत्तिमा लगाउने कार्यमा संलग्न रहेको आरोपमा एकजना पक्राउ परेकी छन् ।

काठमाडौंको टोखा नगरपालिका–९ बस्दै आएकी इलामको माई नगरपालिका–७ की २८ वर्षीया चिनीमाया लामा लिम्बूलाई गएको बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो । लिम्बूले दुई बालिकालाई टोखा–९ स्थित खाजा होटेलमा जबरजस्ती वेश्यावृत्तिमा लगाएको प्रहरीले जनाएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्रहरीका अनुसार उनले ग्राहकहरूसँग प्रतिव्यक्ति एक हजार रुपैयाँ लिएर पीडितलाई वेश्यावृत्तिमा लगाएकी थिइन् । उनीहरूलाई बाहिर कसैलाई बताएमा ज्यान लिने डर, त्रासमा पारी बन्धनमा राखिएको थियो ।

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोबाट खटिएको टोलीले शक्ति समूहको सहयोगमा गएको जेठ १३ गते पीडितको उद्धार गरेको थियो ।

पक्राउ परेकी लिम्बूविरुद्ध पाँच दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, साउन २, २०७९  ०७:०४
प्रतिक्रिया दिनुहोस्