site stats
बाह्रखरी :: Baahrakhari
विदेश
युक्रेनबाट प्रधानमन्त्री जोन्सनसँग गुहार माग्दै बेलायती बन्दी

किभ । पूर्वी युक्रेनको स्वघोषित दानेत्स्क जनगणतन्त्र (डीपीआर)का रुस समर्थित पृृथकतावादीको कब्जामा रहेको जस्तो देखिने एकजना बेलायती पुरुषले प्रधानमन्त्री बोरिस जोन्सनसँग मद्दतका लागि गुहारिरहेको एउटा भिडियो सार्वजनिक भएको छ । 

बेलायतको सन्डरल्यान्डका करिब पचास वर्षीय जोन हार्डिंसँग एकजना रुसी टेलिभिजन प्रस्तोताले अन्तर्वार्ता लिइरहेको देखिन्छ । भिडियोमा उनले आफूलाई मृत्युदण्ड दिइन सक्ने बताएका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बेलायतको विदेश मन्त्रालयले उनलाई हिरासतमा राखिएको घटनाले आफू चिन्तित रहेको जनाएको छ ।

युक्रेनी पक्षबाट युद्ध लडिरहेका उनलाई गत मे महिनामा एजोभ्स्टल स्टिल कारखानामा आश्रय लिइरहेकाहरूलाई आत्मसमर्पण गराउने क्रममा बन्दी बनाइएको बुझिएको छ । 

त्यतिबेला उनी सम्मलित फौजले दक्षिण पूर्वी सहर मारीउपोललाई रुसी फौजबाट जोगाउँदै थियो । हार्डिंगले आफ्ना साथीहरूलाई आफू युक्रेनी नेसनल गार्डको तर्फबाट लडिरहेको जानकारी दिएका थिए । 

बीबीसीबाट ।  

प्रकाशित मिति: सोमबार, साउन २, २०७९  ००:१३
प्रतिक्रिया दिनुहोस्