site stats
बाह्रखरी :: Baahrakhari
विदेश
इरानमा ताल सुक्दै गएपछि विरोध प्रदर्शन, थुप्रै प्रदर्शनकारी पक्राउ

तेहरान । इरानका प्रहरीले सुक्दै गइरहेको नुनिलो तालसामु प्रदर्शन गरिरहेका थुप्रै व्यक्तिलाई पक्राउ गरेको छ । 

कुनै समय विश्वकै दोश्रो सबैभन्दा विशाल नुनिलो तालको रूपमा यो ताल चिनिने गर्दथ्यो । तालको पानी सुकेकोमा उनीहरूले विरोध प्रदर्शन गरेका थिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

चरम खडेरी, कृषि र बाँध निर्माणको कारण सन् १९९५ देखि सुक्न थाल्नु अघिसम्म उर्मिया ताल इरानको प्रमुख आन्तरिक पर्यटन रिसोर्ट बनेको थियो । त्यहाँ पानी नभएकाले अचेल यसका वरपरका होटेल र डुंगाहरूमा कुनै चहलपहल छैन ।

इरानको विकट उत्तर पश्चिमी क्षेत्रमा यो ताल वरपरका स्थानीय बासिन्दाले ताल सुक्नुको पछाडि स्थानीय निकायलाई दोष दिएका छन् । 

स्थानीय सञ्चार माध्यमका अनुसार क्षेत्रीय राजधानी उर्मियामा केही प्रदर्शनकारीले ‘उर्मिया ताल सुक्दैछ, संसदीय आदेशले मार्दैछ’ नारा लगाएका थिए । स्थानीय प्रहरी प्रमुख आयुक्तले प्रदर्शनकारीहरूले सार्वजनिक सुरक्षामा आँच पु¥याउन खोजेको आरोप लगाएका छन् । 

बीबीसीबाट ।  
 

प्रकाशित मिति: सोमबार, साउन २, २०७९  ००:०६
प्रतिक्रिया दिनुहोस्