site stats
बाह्रखरी :: Baahrakhari
विदेश
हाइटीलाई हतियार बेच्न नपाइने !

पोर्ट ओ प्रिन्स । सधैँ खतरनाक सामूहिक हिंसा हुने गरेको मुलुक हाइटीलाई केही हातहतियार बेच्न नपाउने विषयमा संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्मा राखिएको प्रस्ताव सर्वसम्मत पारित भएको छ ।

यस प्रस्तावले संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रहरूलाई साना तथा हलुका हातहतियार तथा गोली गठ्ठा बिक्री रोक लगाउन अह्वान गरेको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

तर, हाइटीलाई कुनै पनि हतियार बेच्न नपाउने गरी प्रतिबन्ध लगाइयोस् भन्ने चीनको प्रस्तावलाई भने सुरक्षा परिषद्ले अस्वीकार गरेको छ । 

गत साता यता राजधानी पोर्ट ओ प्रिन्समै मात्र समूहगत भिडन्तमा ८९ जना मानिसले ज्यान गुमाइसकेका छन् । 

दातृ निकायहरूले अहिले पनि यस मुलुकका थुप्रै स्थानमा पुग्न निकै खतरा रहेको दाबी गरेका छन् । 

शनिबार संयुक्त राष्ट्र संघले ८ देखि १२ जुलाई सम्ममा त्यहाँ भिडन्तको कारण २३४ जना मानिस मारिएको वा घाइते भएको जनाएको थियो । 

संयुक्त राष्ट्र संघका प्रवक्ता जेरेमी लरेन्सले भनेका छन्, “अधिकांश पीडितको आपराधिक समूहहरूसँग प्रत्यक्ष सम्बन्ध छैन । उनीहरूमाथि विभिन्न समूहका तत्वहरूले प्रत्यक्ष आक्रमण गरेका हुन् । हामीलाई यौन हिंसा भएको खबरहरू पनि प्राप्त भएको छ ।”

हाइटीलाई साना तथा हलुका हतियार बेच्न रोकियोस् भनेर मेक्सिको र संयुक्त राज्य अमेरिकाले प्रस्ताव राखेका थिए । बीबीसीबाट 

प्रकाशित मिति: आइतबार, साउन १, २०७९  २२:५४
प्रतिक्रिया दिनुहोस्