राजनीति
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले भारतमा कांग्रेस नेतृ आरजु देउवा राणासँगको भेट स्वास्थ्य उपचारको कामना गर्न भएको बताएका छन् ।
तीन दिने भारत भ्रमण गरेर नेपाल फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवा पत्नीसमेत रहेकी आरजुसँग दूतावासमा भएको भेटबारे बताएका हुन् ।
"आरजु राणासँग दूतावासमा भेट भयो । उहाँ उपचारका क्रममा हुनुहुन्छ । स्वास्थ्यलाभको कामना गरेँ । अरू केही भएको थिएन," उनले भने ।
उनले आरजुसँगको भेटबारे अनावश्यक हल्ला चलाइएको बताए ।
प्रकाशित मिति: आइतबार, साउन १, २०७९ १९:४४
प्रतिक्रिया दिनुहोस्