काठमाडौं । गायक सुजन चापागाईंको पहिलो एकल लाइभ म्युजिकल इभेन्ट हुने भएको छ । आर्टमाण्डुको आयोजना तथा पीआरभी इन्टरटेन्टमेन्टको सहकार्यमा आगामी शनिबार ललितपुरको पाटन संग्राहलयमा सुुजनले एकल सांगीतिक प्रस्तुति दिने छन् ।
गायक सुजनको ‘एकल लाइभ म्युजिक’ शनिबार साँझ ६ बजेदेखि ८ बजेसम्म चल्ने छ ।
सांगीतिक साँझमा चापागाईले आफ्ना चर्चित गीतहरूसँगै झलकमान गन्धर्वको दुुई वटा गीत पनि गाउनेछन् । सुजनलाई गायिकाद्वय शान्ति श्री परियार र विद्या तिवारी र १३ जना बाध्यवाधकहले साथ दिनेछन् ।
कोभिड–१९ को सुरुवातयता नेपालमा लाइभ म्युजिकल इभेन्ट पातलिदै गएसँगै यस्ता इभेन्टहरुलाई पुनः जागृत गर्ने उद्देश्यले यो कार्यक्रमको आयोजना गरेको आयोजन तथा निर्देशक नवीन चौहानले बताए ।