site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
त्रिविमा प्रश्नपत्र दोहोरिएकोबारे सत्यतथ्य बाहिर नल्याए आन्दोलन गर्ने ७ विद्यार्थी संगठनको चेतावनी

काठमाडौं । सात विद्यार्थी संगठनले त्रिभुवन विश्वविद्यालयले प्रश्नपत्र दोहोरिएको विषयमा छानबिन गरी सत्यतथ्य बाहिर नल्याए आन्दोलन गर्ने चेतावनी दिएका छन् । 

विद्यार्थी संगठनका नेताहरूले आज संयुक्त विज्ञप्ति जारी गर्दै उच्चतरीय छानबिन समिति गठनको माग गरेका हुन् । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

“पहिले अर्थशास्त्र विषयको प्रश्नपत्र दोहरिएको र जसको छनबिन समितिको प्रतिवेदन सार्वजनिक नगरी सामान्य कारबाही गरेकोमा सो समितिको प्रतिवेदन सार्वजनिक गर्न र दोषीउपर कारबाही गरी अहिले पुनः विश्वविद्यालले व्यवस्थापन संकायमा लिएको परीक्षाको प्रश्नपत्र दोहरिएको र निजी कलेजको आन्तरिक परीक्षाको प्रश्नपत्रसँग हुबहु मिलेको विषयमा त्रिविको गम्भीर लापरबाही भएकाले यो छानबिन गर्न अवकाश प्राप्त प्रोफेसरको नेतृत्वमा उच्चस्तरीय छानविन कमिटी गठन गरी सत्यतथ्य बाहिर ल्याइयोस र विश्वविद्यालयका साझा मुद्दालाई त्रिवि प्रशासनले सरोकारवाला सबै पक्षसँग छलफल गरी उचित निकास निकाल्न पहल गरोस् अन्यथा संयुक्त विद्यार्थी संगठन कडा आन्दोलनमा जान बाध्य हुनेछौँ,” विज्ञप्तिमा भनिएको छ । 

विश्वविद्यालयमा देखिएका बेथिति समाधानका लागि नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियूको ६ दिन जारी आमरण अनशनमा ऐक्यबद्धता जनाएका छन् । अनशनरत विद्यार्थी नेताहरूको जीवनरक्षाको माग समेत गरिएको छ । अनशनरत विद्यार्थीहरूको स्वास्थ्यमा खेलबाड नगर्न उनीहरूको आग्रह छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन १, २०७९  १५:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro