site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ङादी ग्रुप पावरले साउन १८ देखि हकप्रद सेयर निष्कासन गर्ने, बुक क्लोज कहिले ?

काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले यही साउन १८ गतेदेखि १ः१.५० अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्तापुँजीको आधारमा १५० प्रतिशत हकप्रद सेयर जारी गर्न लागेको हो ।

जसअनुसार कम्पनीले १०० रुपैयाँअंकित दरका एक करोड ६ लाख तीन हजार ९८६ कित्ता हकप्रद सेयर जारी गर्ने जानकारी गराएको छ । हाल कम्पनीको चुक्तापुँजी ७० करोड ६९ लाख ३२ हजार ४०० रुपैयाँ रहेको छ । १५० प्रतिशत हकप्रद सेयर जारी गरेपश्चात् कम्पनीको चुक्तापुँजी एक अर्ब ७६ करोड ७३ लाख ३१ हजार २५० रुपैयाँ पुग्नेछ  ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

यो हकप्रद सेयर आउँदो भदौ ७ गतेसम्म बिक्रीमा रहने जनाइएको छ । हकप्रद सेयर निष्कासन प्रयोजनका लागि कम्पनीले असार २० गते एक दिन बुक क्लोज गरिसकेको छ । बुक क्लोजको आधारमा असार १९ गतेसम्म कायम सेयरधनीहरूले मात्र यो हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।

हकप्रद सेयर निष्कासनका लागि गराइएको रेटिङमा क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ्स नेपालले वित्तीय दायित्व पूरा गर्ने मध्यम जोखिमको संकेत गर्ने केयर एनपी डबल बीप्लस आईएस रेटिङ प्रदान गरेको छ ।

यो हकप्रद सेयरको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । बिक्री प्रबन्धकसँगै सिद्धार्थ बैंकका विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, नेपालगन्ज, धनगढी र सुर्खेत शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ । साथै, सी–आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरूसँगै मेरोसेयर सफ्टवेयर र एपमार्फत पनि आवेदन दिन सकिनेछ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन १, २०७९  १५:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro