अर्थ व्यवसाय
16138872681680584642.jpg)
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । बिहीबारको तुलनामा सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिन छापावाल सुन प्रतितोला एक लाख ५४ हजार १०० रुपैयाँ कायम छ । बिहीबार सुनको मूल्य प्रतितोला एक लाख ५३ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो ।
चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ८४५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला एक हजार ८४० रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: शुक्रबार, पुस २६, २०८१ १२:०४
प्रतिक्रिया दिनुहोस्