देश
काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा अस्ट्रेलिया भम्रणमा जाने भएका छन् । शुक्रबारको मन्त्रिपरिषद् बैठकले साउन ९ देखि ११ गतेसम्म हुने शर्माको भ्रमण स्वीकृत गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
उनलाई सिड्नीमा सञ्चालन हुने चिफ अफ डिफेन्स कन्फरेन्समा २०२२ मा भाग लिन स्वीकृत दिइएको हो । जंगी अड्डाले पनि प्रधानसेनापतिको अस्ट्रेलिया भ्रमणका लागि सिफारिस गरेको जानकारी दिएको छ ।
शर्माले हालै नेपाली सेना शान्ति स्थापनार्थ खटिएका विभिन्न द्वन्द्वग्रस्त मुलुक र अमेरिका भ्रमण गरेका थिए ।
प्रकाशित मिति: आइतबार, साउन १, २०७९ १५:१४
प्रतिक्रिया दिनुहोस्