site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौंसहित देशका यी स्थानमा फेरि वर्षाको सम्भावना 
फाइल तस्बिर ।

काठमाडौं । देशका केही स्थानमा शनिबार (भोलि) राति र आइतबार (पर्सि) वर्षा र हिमपातको पूर्वानुमान गरिएको छ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव शनिबार रातिदेखि बढ्नेछ । त्यसको प्रभाव आइतबार बढी हुने महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए ।

“शनिबार राति कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ,” उनले बाह्रखरीसित भने, “हिमपातचाहिँ शनिबार राति कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशसम्म सम्भावना छ ।”

वर्षा र हिमपातको सम्भावना सबै ठाउँमा नरहेको उनले स्पष्ट पारे ।

आइतबार सातै प्रदेशमा बदली (आकाशमा बादल)को सम्भावना छ । आंशिकदेखि साधारणतया बदली हुने उनले बताए । “सातै प्रदेशमा बादल लाग्ने हुन्छ,” उनले भने ।

आइतबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र वाग्मती प्रदेशका केही स्थानमा वर्षाको सम्भावना छ । त्यस दिन सुदूरपश्चिम, कर्णाली, गण्डकी, वाग्मती र कोसी प्रदेशका केही स्थानमा हिमपातको पनि सम्भावना रहेको उनले बताए । “पानी धेरै ठाउँमा पर्ने होइन, केही स्थानमा हल्का वर्षा हुने देखिन्छ,” उनले भने, “मधेस प्रदेशसहित वाग्मतीका तराई र कोसी प्रदेशका तराई भूभागमा वर्षा/हिमपातको सम्भावना खासै छैन ।”

आइतबार काठमाडौंमा पनि वर्षाको सम्भावना छ । यहाँ शनिबार वर्षाको सम्भावना नरहेको उनले स्पष्ट पारे ।

“आइतबार काठमाडौंमा पनि वर्षाको सम्भावना छ । शनिबार खासै प्रभाव छैन,” उनले भने, “काठमाडौं उपत्यकाका एक/दुई स्थानमा आइतबार दिउँसो हल्का वर्षाको सम्भावना छ ।”

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव योपटक पनि पश्चिम नेपालमै बढी देखिने उनले बताए । पश्चिम नेपालबाट आइतबार रातिदेखि त्यसको प्रभाव विस्तारै घट्नेछ । “कोसी प्रदेशमा भने सोमबार बिहान पनि बदलीको सम्भावना देखिन्छ,” उनले भने, “सोमबार दिउँसोदेखि त्यसको प्रभाव रहँदैन ।”

उक्त प्रणालीको प्रभावले चिसो हुने र अधिकतम तापक्रम घट्ने उनले बताए । त्यसले तराई क्षेत्रमा भने एक/दुई दिन हुस्सु/कुहिरो कम हुने उनको भनाइ छ ।

उक्त दिन पानी परे यो वर्षको हिउँदको पाँचौँ वर्षा हुनेछ । गएको मंगलबार काठमाडौं उपत्यकासहित देशका केही स्थानमा छिटपुटदेखि हल्का वर्षा भएको थियो । केही स्थानमा हिमपात पनि भएको थियो ।

त्यसअघि, यही पुस १२ र १३ गते यो वर्षको हिउँदको तेस्रो वर्षा भएको थियो ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, पुस २६, २०८१  १०:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro