site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
श्रीलंकामा ‘गोटा गो होम’ पछि ‘रनिल गो होम’ 

कोलम्बो । श्रीलंकाको आन्दोलनको नयाँ केन्द्र गाले फेस ग्रीनमा दिउँसोको चर्को घाम लागेको छ । समुद्रमाथि पालहरू तैरिरहेका छन् । त्यहीँ बस्ने एक महिलाको आवाज समुद्रको धुनमा तैरिँदै आउँछ ।

महिनौँदेखि प्रदर्शनकारीहरू लाखौँ–बलियो ‘अरागालय’ आन्दोलनको अग्रभागमा छन् । सिंहली शब्दको नामबाट राखिएको अरागालय अर्थात् संघर्षले अपमानजनक रूपमा राष्ट्रपति गोटाबाय राजापाक्षेको राजीनामाका लागि आह्वान गर्‍यो ।

श्रीलंकालीले राजापाक्षे र उनका जेठा भाइ एवं पूर्वराष्ट्रपति महिन्दालाई आफ्नो देशको आर्थिक विनाशका लागि मुख्य जिम्मेवार ठानेँ । सबै अपेक्षालाई बेवास्ता गर्दै आन्दोलनकारीले जित हासिल गरेका छन् । गएको सात गोटाका रूपमा लोकप्रिय राष्ट्रपति राजापाक्षेले देश छोडेर भागे ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

तर, अब श्रीलंकालीका लागि कठिन क्षण आउँदै छ, राजापाक्षेको बर्हिगमनपछिको राजनीतिक परिणामसँग जुध्ने र केही धेरै कठिन निर्णयहरू लिने ।

राजापाक्षेको निष्कासनसँगै प्रदर्शनकारीले अलोकप्रिय पूर्वप्रधानमन्त्री रनिल विक्रमासिंघेतर्फ आफ्नो नजर लगाएका छन् । उनलाई श्रीलंकामा झन्डै दुई दशकसम्म शासन गर्ने शक्तिशाली वंश राजापाक्षेसँग घनिष्ठ सम्बन्ध भएको व्यक्तिका रूपमा हेरिन्छ ।

वर्तमान कार्यवाहक राष्ट्रपतिको हैसियतमा जनताको नजरमा उनको वैधता थोरै छ । विक्रमासिंघे विगतको राष्ट्रपति अभियानमा असफल भए र सन् २०२० मा संसद्मा आफ्नै सिट गुमाएका थिए । राजापाक्षेले हतारमा राजीनामा दिएर उनलाई कार्यवाहक नेता नियुक्त गरेपछि परिस्थितिवश शीर्ष पद पाएको धेरैको बुझाइ छ ।

गएको बुधबार हजारौँ श्रीलंकालीले प्रधानमन्त्रीको कार्यालयमा धावा बोलेका थिए । गाले फेस ग्रीन, जहाँ ‘गोटा गो होम’ नाराले महिनौँसम्म प्रभुत्व जमाउँदै आएका थियो, अहिले त्यो ‘रनिल गो होम’मा परिणत भएको छ ।

तर, विक्रमासिंघेले संवैधानिक प्रक्रियालाई पछ्याउने वाचा गरेका छन् । बुधबार संसद्ले नयाँ राष्ट्रपति चयन नगरेसम्म सत्तामा रहने उनको भनाइ छ । कतिपयले उनले पुनः राष्ट्रपतिका लागि लड्ने र राजापाक्षेको सत्तारूढ दल श्रीलंका पिपुल्स फ्रन्ट पार्टी (एसएलपीपी)को समर्थनमा जित्न सक्ने विश्वास गर्छन् ।

६ पटक प्रधानमन्त्री भइसकेका विक्रमासिंघेको कुनै पनि कार्यकाल पूरा हुनसकेको छैन । बरु, उनको कार्यकालमा भ्रष्टाचारकाण्ड र त्रुटिपूर्ण ट्रयाक रेकर्ड छ । तर, उनीसँग देश चलाउने अनुभव छ । स्थायित्व र निरन्तरता चाहने धेरै सांसदहरूले उनलाई समर्थन गर्ने अनुमान छ ।

विपक्षी नेता सजिथ प्रेमदासा र एसएलपीपीका सांसद दुल्लास अलाहपेरुमाजस्ता नेताहरूले पनि सत्तामा दावी गरिरहेका छन् । यसको अर्थ मत विभाजित हुनसक्छ । जसले अन्ततः विक्रमासिंघेलाई नै फाइदा पुर्‍याउन सक्ने विज्ञहरूको आकलन छ ।

यसैबीच, ऋणमा डुबेको श्रीलंकाको समय घर्किन लागिसक्यो । केन्द्रीय बैंकका गभर्नरले बीबीसीलाई बताएअनुसार श्रीलंकासँग यो महिनाको अन्त्यपछि इन्धन किन्न पर्याप्त विदेशी मुद्रा छैन । मुख्यतः देशको ऋणबारे अन्तर्राष्ट्रिय मुद्रा कोषसँग तुरुन्त वार्ता गर्नका लागि पनि मुलुकलाई तत्काल नेता चाहिएको छ ।

के प्रदर्शनकारीहरूले कुनै सम्झौता गर्न सक्छन् र विक्रमासिंघेलाई आर्थिक आँधीबाट बाहिर निस्कने समयसम्मका लागि स्वीकार गर्न सक्छन् ? तर, बीबीसीले गएको हप्ता कुरा गरेका सबैजनाले विक्रमासिंघेलाई स्वीकार नगर्ने बताएका छन् । उनको प्रतिष्ठा यति धमिलिएको छ कि जनताले उनीबाहेक अरू कसैलाई राष्ट्रपतिका रूपमा हेर्ने बीबीसीको विश्लेषण छ ।

“उनी सबैलाई जवाफदेही बनाउने भन्दै सत्तामा आएका थिए, राजापाक्षेलाई पनि । तर, उनले केही गरेनन् । मानिसले उनलाई फेरि विश्वास गर्नेछन् भन्ने सोच्नु मूर्खता हो,” विश्वविद्यालयकी विद्यार्थी अञ्जली वान्डुरागलाले भनिन् ।

यता, विरोध आयोजक नुज्ली हमिमले सांसदहरूलाई जनताको कुरा सुन्न र विक्रमासिंघेलाई राष्ट्रपतिको पदबाट हटाउन आह्वान गरेका छन् । बीबीसीबाट ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन १, २०७९  १३:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro