site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सन्तान नजन्माई ‘डिन्क’ जीवनशैली अपनाउने दम्पतीहरू 

वासिङटन । अहिले विश्वका केही दम्पतीले सन्तानरहित जिन्दगी अनुसरण गरी आफ्ना आयआर्जनमाथि अधिक नियन्त्रण लिने गरिरहेका छन् । यस्तो नीतिलाई डिन्क अर्थात् डीआईएनके–डबल इनकम नो किड्स (बच्च बिना दोहोरो आम्दानी) भन्ने गरिन्छ । 

यस्ता दम्पतीहरूले सन्तान नजन्माएरै उत्कृष्ट र रमाइलो जिन्दगी बाँचिरहेको बताउने गरेका छन् । डिन्क जीवनशैली अपनाउन चाहनेहरूले उद्देश्य अनुरूपका पार्टनरहरू खोज्ने गरेका छन् । 

म आफैँ पनि डिन्क हुँ । यस्ता पार्टनरहरू सँगै त बस्छन् तर आफ्ना सन्तान जन्माउँदैनन् । तिनीहरू आफ्ना करियर र निजी जीवन र रमझममै बढी ध्यान दिन्छन् । यो संस्कृतिको उदगम स्पष्ट छैन । लोकप्रिय संस्कृतिमा पनि यसलाई त्यति धेरै उल्लेख गरिएको पाइन्न । यो डिन्क शब्द असीको दशकमा विशेषगरी युप्पी–योङ अर्बन प्र्रोफेसनल (सहरी युवा व्यवसायी) बढिरहेका बेला सुरु भएको हुनुपर्ने अनुमान गरिएको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

नब्बेको दशकको एउटा लोकप्रिय एनिमेटिड टेलिभिजन सिरिज ‘दोउग’मा पनि डिन्क शब्दको प्रयोग भएको पाइएको छ । त्यसमा दुई रमाइला छिमेकी बड र टिप्पी डिन्कको उल्लेख गरिएको छ । तिनीहरूको थर ‘डिन्क’को अर्थले यसै प्रसंगलाई इंगित गर्दछ । यस सिरिजका निर्माता जिम जिन्किन्सले सन् २०१६ मा डिसाइडरलाई अन्तर्वार्ता दिने क्रममा यसको पुष्टि गरेका थिए । आफूले सन्तान जन्माउने वा नजन्माउने भन्ने कुनै पनि मानिसको नितान्त निजी निर्णय भएकाले पनि डिन्क शब्द त्यति चर्चामा नआएको पनि हुन सक्छ । 

म र मेरा पतिले आफूलाई स्वार्थी व्यक्ति ठान्दैनौँ । बरु हामी आपसी सम्बन्धका लागि दुवैले बिताउने समयका लागि स्वार्थी छौँ । हामीले एकले अर्कालाई बढी भन्दा बढी समय दिनका लागि सन्तान नजन्माउनुको विकल्प छैन । डिन्क जीवनशैली अपनाएकोमा गौरव लाग्छ ।

हामीले आफ्ना सन्तानलाई हुर्काउन खर्चिने समय एक अर्कासँग रमाइलो गर्न प्रयोग गरिहेका छौँ । त्यसको अर्थ हामीलाई बालबालिका मन नपरेको भन्ने होइन । आफन्त र साथीभाइका सन्तानहरूसँग हामी रमाउँछौँ । म नियमति रूपमा मेरो पतिसँग आन्तरिक र अन्तर्राष्ट्रिय भ्रमणमा गइरहन्छु ।

कामको सिलसिलामा हामी बस्ने लस एन्जेल्समा पनि वर्षको केही महिना बस्ने गर्छौँ । डिन्क जिवनशैली बिताउने हामीले हामी जस्ता थुप्रै दम्पती भेटाएका छौँ । अनलाइनमा हाम्रो एउटा छुट्टै समुदाय नै छ । हामी आपसमा विचार र अनुभव साटेर र रमाइलो गरेर सन्तान नजन्माउनुको तनावलाई हल्का पार्छौँ । उदाहरणका लागि फ्लोरिडा निवासी ३३ वर्षीया माइक्रोवायोलोजिस्ट एवं अनलाइन फिटनेस प्रशिक्षक ड्यानिया क्यासेल्लस छिन् । हामी इन्स्टाग्राममा नियमित रूपमा ख्याल ठट्टा गर्छौँ ।

क्यासेल्लसले याहु लाइफलाई बतााएकी छन्, “बिस वर्ष उमेर लाग्ना साथ मैले पनि जीवनमा कहिल्यै सन्तान नपाउने निधो गरेकी थिएँ । सन्तान जन्माउने कुरोमा म उत्सुक भइन् तर केटाकटीहरूसँग म मज्जाले रमाउने गर्छुँ । सन्तानको जिमेवारी लिएर तिनीहरूलाई हुर्काउने काममा भने कहिल्यै आकर्षित भइन । कतिले मलाई स्वार्थी, पागल र पछि पछुताउनु पर्ने पनि भने । म अहिले ३३ वर्षकी भए । सन्तान छैनन्, तर राम्रो जिन्दगी बाँचिरहेको छु ।” 

‘चाइल्ड फ्रि मिल्लेनियल’ इन्स्टाग्राममा आधारित अर्को डिन्क सपोर्ट सिस्टम हो । यसलाई मिसौरीको कान्सस सहर निवासी पार्टनर २६ वर्षीया मार्सेल र ३१ वर्षीय माइकलले चलाउँदै आएका छन् । 

याहुलाइफबाट । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन १, २०७९  ०४:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro