काबुल । अफगानिस्तानको केन्द्रीय बैंकले राष्ट्रिय मुद्रा स्थिर राख्ने प्रयासस्वरूप एक करोड २० लाख अमेरिकी डलर लिलामी गर्ने जनाएको छ ।
द अफगानिस्तान बैंकलाई उद्धृत गर्दै राज्य सञ्चालित बख्तर न्युज एजेन्सीले मनी चेन्जर्स र निजी बैंकलगायत बोलकबोलकर्ताहरूले लिलामी सुरु हुनुपूर्व केन्द्रीय बैंकमा ग्यारेन्टीका रूपमा अफगानीमा आवश्यक पैसा जम्मा गर्नुपर्नेछ ।
अफगानिस्तानको राष्ट्रिय मुद्रा द अफगानी विदेशी मुद्रासँग कमजोर बनेको समय बैंकको यो निर्णय आएको हो ।
तालिबान समूहको नेतृत्वमा सरकार गठन भएसँगै अफगानी मुद्रा अमेरिकी डलरलगायत अरू विदेशी मुद्रासँग कमजोर बनेको छ ।
गएको साता एक डलरबराबर ८८.१० रहेको अफगानी मुद्राको विनिमय दर बढेर शनिबार ८८.४० भएको छ ।
यसअघि, केन्द्रीय बैंकले जुन २० मा एक करोड २० लाख र जुन २७ मा एक करोड २० लाख अमेरिकी डलर लिलामी गरी विदेशी मुद्राको तुलनामा राष्ट्रिय मुद्राको मूल्यलाई स्थिर राख्ने प्रयास गरेको थियो । रासस/सिन्ह्वा