site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाललाई श्रीलंका हुन नदिन भ्रष्टाचार निर्मूल गर्नुपर्छ : डा. कोइराला
फाइल तस्बिर ।

नवलपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नेपाललाई श्रीलंका हुनबाट जोगाउन भ्रष्टाचार निर्मूल गर्नुपर्नेमा जोड दिएका छन् । सबैले भ्रष्टाचार गर्दैनौँ भनेर प्रतिबद्ध भएको अवस्थामा मुलुक श्रीलंका हुनबाट जोगिने उनको भनाइ थियो ।

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा आयोजित कार्यक्रममा केन्द्रीय सदस्य डा. कोइरालाले भने, “हाम्रा नेतृत्वहरू अहिले पनि नेपाल श्रीलंकाजस्तै हुन्छ भन्दै हिँडेका छन् । तर, सुशासन दिन्छौँ, पारदर्शिता अपनाउँछौँ, भ्रष्टाचार गर्दैनौँ भन्नुपर्छ । यति गरे हामी श्रीलंका बन्दैनौँ ।”

KFC Island Ad
Dabur Nepal
NIC Asia

देश अप्ठ्यारो परिस्थितिबाट भने अगाडि बढिरहेकोे भन्दै उनले नेतृत्वले बुझेर पनि बुझ पचाएको टिप्पणी गरे ।

“नेपाल श्रीलंका बन्न लागेकोप्रति सबै नेपालीलाई चिन्ता छ,” नेता डा. कोइरालाले भने, “सबै नेपालीले कम्मर कसेर अठोट गरे अहिलेको अवस्थाबाट पार लगाउन सकिन्छ ।”

भरतपुर अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट प्रा. डा. कृष्णप्रसाद पौडेलले लेखेको ‘लय छुटेको समय’ पुस्तक विमोचन गर्दै उनले आउँदो निर्वाचनमा कांग्रेसको सिद्धान्त र विचारलाई कायम गर्दै कम क्षति हुने गरी अघि बढ्नुपर्नेमा जोड दिए ।

पुस्तकका लेखक प्रा. डा. पौडेलले पुस्तकभित्र कथा, कविता, संस्मरणसँगै बिरामी र चिकित्सकको भोगाइहरू समावेश गरिएको बताए । ५० प्रतिशतभन्दा बढी रोगको उपचार समाजमै भएको उल्लेख गर्दै उनले बिरामीको उपचार कसरी हुन्छ, उपचार गर्दा के कुरामा ध्यान दिनुपर्छ भन्ने विषयलाई समाहित गर्दै डाक्टरको व्यथा भन्नाका लागि पनि पुस्तक लेखेको बताए । उक्त पुस्तक सांग्रिला बुक्सले प्रकाशन गरेको हो । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार ३२, २०७९  २१:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro