site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वामपन्थी मिलौँ : नारायणकाजी
फाइल तस्बिर ।

काठमाडौं । सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले सबै वामपन्थी पार्टीहरूलाई चुनावी तालमेलका लागि आग्रह गरेका छन् । मुलुकलाई संकटबाट जोगाउनका लागि पनि सबै वामपन्थी शक्तिहरू तालमेल गरेर अघि बढ्नुपर्ने उनले तर्क गरे ।

शनिबार काठमाडौंमा नेपाल–चीन हिमालयन मैत्री समाजले आयोजना गरेको कार्यक्रममा उनले वामपन्थीले एकार्कालाई सिध्याउने काम भए मुलुक नै संकटमा पर्ने भन्दै चिन्ता व्यक्त गरे ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई इंगित गर्दै उनले सबै वामपन्थी नेताहरूले कमी–कमजोरी भए आत्मसमीक्षा गर्दै तालमेलको बाटोमा अघि बढ्नुपर्ने आवश्यकता औँल्याए । नेता श्रेष्ठले आफैँ सिद्धिने बाटोबाट बच्न पनि वामपन्थी शक्तिहरू मिलेर अघि बढ्नुपर्नेमा जोड दिए ।

उनले तत्काल पार्टी एकताका लागि आधार नबने पनि वामपन्थी दलहरूबीच तालमेल गरेर जान सकिने पटक–पटक दोहोर्‍याए ।

“वामपन्थीहरूको एकता आवश्यक छ । कमसेकम तालमेल, मोर्चा र त्यसपछि अर्को दिशातर्फ जानुपर्ने आवश्यकता छ । तर, त्यसको निम्ति आदरणीय नेता कमरेड केपी शर्मा ओली यहाँ हुनुहुन्छ, अरू नेताहरू बाहिर हुनुहुन्छ । म सबैसँग विनम्रतापूर्वक निवेदन गर्न चाहन्छु– तुम शेर तो, हम सवाशेर छोडिदिऊँ,” उनले भने, “घटनाक्रमको विषयवस्तुमा गम्भीर आत्मसमीक्षा गरौँ । कतिपय पछाडि गरौँला । जो अहिल्यै गर्नैपर्नेछ । कमी–कमजोरी भए आत्मालोचना गरौँ । म त आत्मालोचना गर्छु पार्टी एकता जोगाउन सकिनँ भनेर । सबै मिलौँ । प्रतिनिधिसभा विघटनमा के भयो, एमसीसीमा के भएको थियो, १९ बुँदे आरोपपत्रमा के भएको थियो ? पार्टी एकताका लागि तत्काल आधार नबन्ला । तर, तालमेल गरेर अघि बढ्न सकिन्छ ।”

नेता श्रेष्ठले नेपालको परराष्ट्र नीतिलाई स्वतन्त्र बनाइराख्न दलहरूबीच राष्ट्रिय सहमति हुनुपर्ने पनि बताए ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार ३२, २०७९  १८:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro