site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कुहिने र नकुहिने फोहोर छुट्ट्याउन घरदैलो सचेतना 

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले कुहिने र नकुहिने फोहोरलाई भान्छामै छुट्ट्याउन नगरवासीलाई आग्रह गरेका छन् ।

फोहोर वर्गीकरणका लागि सचेतना फैलाउन महानगर वातावरण तथा कृषि विभागले शनिबार आयोजना गरेको कार्यक्रममा भेटिएका नागरिकसँग कुरा गर्दै उनले यस्तो आग्रह गरेका हुन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

महानगरले भोलिदेखि कुहिने र नकुहिने फोहोरलाई छुट्टाछुट्टै दिनमा र छुट्टाछुट्टै सवारीसाधनमा संकलन गरिने जनाएको छ ।

यसका लागि फोहोर उत्पादकले तोकिएको दिनमा तोकिएबमोजिम प्रकृतिको फोहोर मात्र निकाल्नुपर्नेछ । यदि, कसैले मिसिएको फोहोर निकाले एकपटकमा ५०० रुपैयाँसम्म जरिवाना हुने विभागका प्रमुख सरिता राईले जानकारी दिइन् ।

आजको सचेतना कार्यक्रम भित्री वडालक्षित थियो । काठमाडौंका १८, १९, २०, २४ र २५ नम्बर वडामा पुगेर नागरिकलाई महानगरको फोहोर वर्गीकरणसम्बन्धी कार्यक्रमका बारेमा जानकारी गराइएको थियो ।

जैविक फोहोरबाट गड्यौले वा कम्पोस्ट मल बनाएर कौसी तरकारी वा करेसाबारीमा प्रयोग गर्न महानगरको अनुरोध छ । नकुहिने तर पुनः प्रयोगमा आउन सक्ने फोहोरलाई पुनः प्रयोग गर्न सकिन्छ । पुनः चक्रिय फोहोर कवाडी संकलकलाई बेचेर आय–आर्जन गर्न सकिने जनाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार ३२, २०७९  १७:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro