site stats
बाह्रखरी :: Baahrakhari
देश
जेसीबीको ठक्करबाट नागार्जुनमा बालिकाको मृत्यु
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । नागार्जुन नगरपालिका–६, ह्वाइट गुम्बा नजिकै बा२क ६०८८ नम्बरको जेसीबीको ठक्करबाट आज सोही ठाउँकी ११ वर्षीया अनुषा तामाङको मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएकी अनुषाको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले जेसीबी चालकलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ । रासस

प्रकाशित मिति: शुक्रबार, पुस २६, २०८१  २३:०१
प्रतिक्रिया दिनुहोस्