देश
काठमाडौं । ललितपुरमा जुवा खेलिरहेको अवस्थामा १५ जना पक्राउ परेका छन् ।
ललितपुर महानगरपालिका–११, मंगलबजार, मनिडोलस्थित केदारमान ब्यञ्जनकारले सञ्चालन गरेको खाजा पसलमा जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले उनीहरूलाई नगद एक लाख चार हजार ८०० रुपैयाँ र ६ पासासहित फेला पारी पक्राउ गरेको जनाइएको छ ।
प्रकाशित मिति: शनिबार, असार ३२, २०७९ १६:५३
प्रतिक्रिया दिनुहोस्