देश
काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा तीन हजार ९० वटा स्वाब नमुनाको परीक्षण गर्दा देशभर २०५ जनामा संक्रमण देखिएको थियो । त्यसमध्ये काठमाडौं उपत्यकामा मात्र १०० संक्रमित थपिएका हुन् ।
यो अवधिमा थपिएका संक्रमितमा काठमाडौंमा मात्र ८२ जना छन् । यस्तै, ललितपुरमा ११ र भक्तपुरमा सात संक्रमित थपिएका हुन् ।
यो अवधिमा कोरोनाका कारण देशभर कसैको पनि मृत्यु पुष्टि भएको छैन ।
यस्तै, पछिल्लो २४ घण्टामा देशभर ५१ कोरोना संक्रमित निको भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।
प्रकाशित मिति: शनिबार, असार ३२, २०७९ १६:२४
प्रतिक्रिया दिनुहोस्