site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कांग्रेसलाई कम क्षति हुने गरी गठबन्धनमा जानुपर्छ : नेता कोइराला
फाइल तस्बिर ।

चितवन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले संघीय र प्रादेशिक निर्वाचनमा कांग्रेसलाई कम क्षति हुने गरी गठबन्धनमा जानुपर्ने बताएका छन् ।

नेपाल प्रेस युनियनले आज चितवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले गठबन्धनमा कसरी जाने भन्ने विषयमा छलफल जारी रहेको बताए । उनले भने, “गठबन्धनमा कसरी जाने भन्ने विषयमा छलफल भइरहेको छ, गठबन्धन गर्दै गर्दा कांग्रेसलाई कमभन्दा कम क्षति हुने गरी जानुपर्छ ।”

KFC Island Ad
Dabur Nepal
NIC Asia

स्थानीय तहको निर्वाचनमा आफ्ना कार्यकर्ताभन्दा पनि मतदाता कति हुन् भन्ने बुझ्न कठिन भएको उनले बताए । उनले भने, “स्थानीय निर्वाचनमा हामीले रुखमा, हँसिया हतौडामा, कलममा, छातामा मतदान गर्न भन्यौँ, तर आफ्ना मतदाता कति हुन् भन्ने बुझ्न सकिएन ।”

फरक प्रसंगमा उनले नेपाली कांग्रेस कुनै समूहको पार्टी नभएको बताए । उनले भने, “कांग्रेस विधिविधानानुसार हिँड्नुपर्छ ।”

पार्टी सभापतिले ‘सबैलाई मिलाएर हिँडाउनुहुन्छ’ भन्ने चाहना आफ्नो रहेको उनले बताए । आफू भागबन्डाका पक्षमा नरहेको जनाउँदै उनले पार्टी वैधानिक रूपमा चलोस् भन्ने रहेको जिकिर गरे ।

आफूसँग विचार मिल्ने साथीसँग छलफल गर्दा भाग खोज्यो भन्नु हल्ला रहेको उनको भनाइ थियो । कांग्रेस कम्युनिस्ट प्रवृतिबाट जान नहुने भन्दै उनले सरकार र सभापतिले गरेका नकारात्मक कुराको खण्डन गर्दै पार्टी बलियो बनाएर लैजानुपर्ने बताए । कांग्रेसको नेतृत्वमा सरकार छ भन्दैमा सरकारले गरेका गलत कामको खण्डन गर्नु हुँदैन भन्ने नरहेको उनको भनाइ थियो । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार ३२, २०७९  १४:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro