site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
वरुण भन्छन्– असफलताको सामना गर्नु नयाँ कुरा हुनै सक्दैन
Sarbottam CementSarbottam Cement

मुम्बई । बलिउडका नयाँ पिढिका कलाकारहरूको कुरा हुँदा अभिनेता वरुण धवनको नाम पक्का आउँछ । वरुणको पछिल्लो चलचित्र ‘जुग–जुग जियो’ रिलिज भइसकेको छ । चलचित्रले त्यति राम्रो व्यापार गर्न सफल भएन । 

वरुणको फिल्मी करियरको ग्राफ हेर्ने हो भने उनले सफलतासँगै असफलता पनि देखेका छन् । उनको करियरको ग्राफमा पछिल्लो समय केही ओरालो लागेको देख्न सकिन्छ । यही आफ्नो करियरको उतार चढाव, ट्रोलको शिकारदेखि निजी जीवनबारे बीबीसीसँग कुराकानी गरेका छन् ।

वरुणका अनुसार उनका केही चलचित्रहरू फ्लप भएपछिका समय त्यति राम्रो चलिरहेको थिएन, तर त्यस्तो नराम्रो समयमा पनि उनका नजिकका व्यक्तिहरूको हेराइ उनीप्रति परिवर्तन भएन । तर, ‘कलंक’ रिलिज भएपछि उनले धर्मा प्रोडक्सनबाट लिएको पारिश्रमिक फिर्ता गर्ने प्रस्ताव गरेका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

वरुण भन्छन्, “मानिसहरूको हेराइ त्यति परिवर्तन भएन, स्ट्रिट डान्सरकै कुरा गर्ने हो भने निर्माताले सहजै पैसा कमाए । यहाँ सम्म कि ‘कलंक’ रिलिज हुँदा पनि मैले मेरो पारिश्रमिक फिर्ता गर्ने प्रस्ताव राखेको थिएँ तर धर्मा प्रोडक्सनले त्यसो गर्न अस्वीकार गरेको थियो । तर, यी सबै कुराले हामीलाई नराम्रोभन्दा राम्रो गर्न उत्प्रेरित गर्छ ।”

Global Ime bank

उनी थप भन्छन्, “अब मैले सोचिसकेको छु कि मैले अब राम्रो चलचित्र बनाउनु छ । मलाई थाहा छ राम्रो चलचित्रको कुनै न कुनै समयमा प्रशंसा मिल्छ । मेरो बुझाइमा अब मैले सामान्य चलचित्रका लागि पनि समय निकाल्नुपर्छ ।”
असफलताको सामना नयाँ कुरा होइन

 अक्टोबर, हम्प्टी शर्मा की दुल्हनियाँ, जुड्वा, बद्रीनाथ की दुल्हनियाँ, बदलापुर, स्टुडेन्ट अफ दि इयर, जस्ता चलचित्र दर्शकलाई दिइसकेका वरुण धवनले कैयौंपटक फ्लप चलचित्रको सामना पनि गर्नुपर्‍यो ।  करियरमा यस्ता असफलतालाई सामना गर्नका लागि उनलाई शाहरुख खान, अजय देवगन, अनिल कपुरजस्ता बलिउडका दिग्गज अभिनेताहरूको सल्लाहसुझाव काम लागेको बताउँछन् । 

उनीहरूको दिएको सल्लाहसुझाव सम्झिँदै वरुण भन्छन्, “असफलताको सामना गर्नु कुनै नयाँ कुरा हुन सक्दैन । सचिन तेन्दुलकर पनि कहिलेकाहीँ शून्यमा आउट हुने गर्थे । तपाईं अरूलाई हेरेर सिक्नुहुन्छ । मैले पहिला एक-दुईपटक यी कुराहरू भावनात्मक रूपमा लिएको थिएँ । त्यो समयमा मलाई मेरा सिनियरहरूबाट फोन आयो । शाहरुख सर, अजय देवगन सर, अनिल सरले मलाई फोन गरेर भनेका थिए कि जे भयो, भयो । अगाडि बढ, काम गर । राति एक बजे अचानक तपार्इंका सिनियरले फोन गरेर तपार्इंलाई अगाडि बढिराख भन्दा राम्रो लाग्छ ।”

वरुण यसरी गर्छन् ट्रोलिङको सामना

वरुणको पृष्ठभूमि बलिउडसँग जोडिएको छ । उनका बुबा डेभिड धवन बलिउडका ठूला निर्देशकहरूमा पर्दछन् । त्यसैले, वरुण प्रायः सामाजिक सञ्जालमा यी कुराले ट्रोलको शिकार हुनुपरेका छन् । 

सुरु–सुरुमा ट्रोलरहरूले उडाउँदा निकै दुःख लाग्ने गरेको वरुण बताउँछन्, “त्यो समयमा मेरी श्रीमती नताशाले यस्ता कुराहरू पढ्दा उनी पनि दुःखी हुन्थिन् । हामीलाई यसको बानी थिएन । तर, जब यस्ता कुराहरूको बानी पर्न थाल्यो त्यसपछि यस्ता कुराले केही फरक परेन,” वरुण अगाडि भन्छन्, “मलाई अब कुनै प्रकारको इन्सेक्योरिटी छैन । यदि, तपाईं राम्रो अभिनेता हुनुहुन्छ भने अभिनय गर्नुहोस् ।”

यी फिल्ममेकरसँग काम गर्ने वरुणको इच्छा 

वरुण अहिले फरक–फरक खालका भूमिका र राम्रा चलचित्र मात्रै गर्न चाहेको बताउँछन् । यस क्रममा उनले धेरै यस्ता चलचित्र निर्माताहरूको नाम लिएका छन्, जोसँग उनी काम गर्न चाहन्छन् । 

ती फिल्ममेकरहरूको नाम लिँदै वरुण भन्छन्, “म राम्रा फिल्ममेकरसँग काम गरिरहेको छु र काम गर्न चाहन्छु । मलाई राजामौली सर, राजु सर, सुकुमार सरसँग काम गर्ने इच्छा छ । शशांक, अमर र करण सरसँग फेरि फेरि काम गर्नुछ । म अझै फरक भूमिकामा काम गर्न सक्छु भनेर देखाउन चाहन्छु ।”

विवाह भइसकेको जस्तो महसुस नै हुँदैन

वरुण आफ्नो व्यक्तिगत जीवनको बारेमा कुरा गर्दा आफू र आफ्नी श्रीमतीको सम्बन्धमा कुनै परिवर्तन आएको महसुस गर्दैनन् । उनले गत गत वर्ष मात्रै प्रेमिका नताशा दलालसँग विवाह गरेका थिए । 

उनी भन्छन्, “मैले नताशालाई धेरैपटक प्रपोज गरेको थिएँ । धेरैपटक असफल भएर पनि पछि विवाह भयो । मलाई लाग्छ हाम्रो समाजमा विवाहलाई बढाइचढाइ गरिएको छ । यसलाई धेरै सरल राख्नुपर्छ । मलाई अहिले पनि उनी मेरो प्रेमिकाजस्तै लाग्छ, हाम्रो विवाह भइसक्यो भन्ने नै लाग्दैन ।” बीबीसी

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार ३१, २०७९  ११:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC