site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
जे जे भन, कसम खाऊ ! को छ अब पत्याउने ?

लीलाराज दाहाल


स्वाभिमानी गालाभरि अनुदानको डाम थियोे
मागी हिँड्नेको सूचीमा तिम्रो पनि नाम थियोे !

जनता जनता भन्दै हिँड्थ्यौ, कसले लग्यो तिमीलाई
आलिसान त्यो महलभित्र तिम्रो के काम थियोे ?

पसिनाले सिँगारेको स्वाभिमानको टेबलमाथि
तिम्रो आत्मा किन्नलाई पर्खिएको खाम थियो !

जे जे भन, कसम खाऊ ! को छ अब पत्याउने
तिमी फगत डोरिन्थ्यौ, अर्कैसँग लगाम थियोे !

देखाउन पो अरूलाई इमानका कुरा गर्छौ
भित्रभित्र तिम्रो पनि, नजरमा त दाम थियोे !

(वाग्मती–११, सर्लाही)
 

प्रकाशित मिति: शनिबार, पुस २७, २०८१  ११:०८
प्रतिक्रिया दिनुहोस्