काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नेता शेखर कोइराला समूहले विगतमा आफूले गरेका भेलालाई कसरी लिनुहुन्छ ? भन्दै प्रश्न गरेको छ ।
सो समूहका नेता अर्जुननरसिंह केसीले जारी केन्द्रीय समितिको बैठकमा भने, “ठूलो हलको व्यवस्था होस्, कोठा दिइयोस् । हाम्रो समूहका सबै साथीहरु अट्ने खालको हुनुपर्छ । पार्टी कार्यालयमै छलफल गर्छौँ । अहिले समूहको भेलालाई अनौठो मान्ने शेरबहादुरजीले विगत सम्झिने कि नसम्झिने ? हिजो उहाँ प्रतिपक्षमा हुँदा गरेका भेलाबारे के भन्नुहुन्छ ?”
बुधबारको बैठकमा देउवा निकटका केन्द्रीय सदस्यहरुले छुट्टै भेला गरेको बारेमा प्रश्न गरेका थिए ।
उनीहरुले कोइराला समूहका लागि पार्टी कार्यालयमै छुट्टै कोठा उपलब्ध गराउन आग्रह गरेपछि आज कोइराला समूहले यस्तो प्रश्न गरेको थियो ।