site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
समान विचारधारा भएकासँग एकता र सहकार्यको प्रयास गर्छौँ : कमल थापा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले समान विचारधारा भएकाहरूसँग एकता र सहकार्यको प्रयास गरिने बताएका छन् । ३०३औँ पृथ्वीजयन्ती एवं राष्ट्रिय एकता दिवसका अवसरमा शनिबार काठमाडौंमा चियापान कार्यक्रम आयोजना गर्दै उनले समान विचार भएकाहरूसँग आफूले एकता र सहकार्यको प्रयास गर्ने बताएका हुन् ।

०७३ सालमा गणतन्त्रको वकालत गरेका पुराना अग्रजलाई आफूले उदारतापूर्वक एकीकृत गरे पनि ‘दुर्घटना’ भएको उनले उल्लेख गरे । उनले पुनः एकताको प्रयास गर्ने बताए ।

नेता थापाले मुलुकमा बलियो राष्ट्रवादी शक्ति निर्माण गर्ने आफ्नो लक्ष्य रहेको सुनाए ।

चियापान कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललगायत विभिन्न दलका नेता–कार्यकर्ता तथा शुभेच्छुकको उपस्थिति थियो । पृथ्वीजयन्तीका अवसरमा राप्रपा नेपालले हरेक वर्ष चियापान कार्यक्रम आयोजना गर्दै आएको छ । हिमालयन टेली भ्वाइस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, पुस २७, २०८१  १६:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro