site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भीम रावल भन्छन्– एमाले नेतृत्वको भ्रष्टाचारपूर्ण क्रियाकलापविरुद्ध लड्दा पाच्य भएन

काठमाडौं । नेकपा (एमाले)का पूर्वनेता भीम रावलले पार्टीबाट निकाल्दैमा भ्रष्टाचार, अन्याय र अत्याचारविरुद्धको आफ्नो लडाइँ कमजोर नहुने बताएका छन् । राष्ट्रिय एकता दिवसका अवसरमा राप्रपा नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको चियापन कार्यक्रममा सञ्चारकर्मीसँग उनले तानाशाही ढंगले एमाले नेतृत्वले आफूलाई निष्कासन गरेको बताए ।

देशभक्तिको झन्डा माथि उठाउने उत्साहमा कमी नहुने उनले उल्लेख गरे । एमाले नेतृत्वको स्वेच्छाचारी, राष्ट्रिय हितविपरीतका कार्य, मनपरी र भ्रष्टाचारपूर्ण क्रियाकलापविरुद्ध लड्दा पाच्य नभएको उनको भनाइ थियो ।

आफूलाई बदनाम गर्न राजावादी भएको समेत प्रचार गरिएको उनले बताए ।

उनले देशभक्तसँग हातेमालो गर्दै अघि बढ्ने र मातृभूमि जागरण अभियानलाई सशक्त बनाउने अठोट व्यक्त गरे । देशको आवश्यकता भए वैकल्पिक शक्ति निर्माण गर्न सबैसँग हातेमालो गर्दै अघि बढ्ने उनले बताए । हिमालयन टेली भ्वाइस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, पुस २७, २०८१  १७:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro