राजनीति
काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संघीय संसद्को अधिवेशन चाँडै आह्वान हुने विश्वास व्यक्त गरेका छन् ।
३०३औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा राप्रपा नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको चियापन कार्यक्रममा सञ्चारकर्मीसँग उनले संघीय संसद्को अधिवेशन बस्ने समय भइसकेको बताए । “सदन अब बेला भा’छ, चाँडै चल्छ,” उनले भने ।
सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेको अध्यादेश बाहिर आइनसकेकाले जानकारी नभएको उनको भनाइ थियो ।
पृथ्वीनारायण शाहले एकीकरण गरेकाले नेपाल अस्तित्वमा रहेको भन्दै उनले देशलाई थप एकताबद्ध बनाएर प्रगतितर्फ लाग्नुपर्ने बताए । हिमालयन टेली भ्वाइस
प्रकाशित मिति: शनिबार, पुस २७, २०८१ १६:५८
प्रतिक्रिया दिनुहोस्