मुम्बई । भारतको चर्चित रियालिटी शो ‘कौन बनेगा करोडपति’ को चौथौ सिजन सुरु हुन लागेको छ । अभिनेता तथा कार्यक्रमका होस्ट अमिताभ बच्चनले यसको छायांकन पनि सुरु गरिसकेका छन् । उनी पहिलो एपिसोडदेखि होस्टको रूपमा यो शोसँग जोडिँदै आएका छन् ।
यसको तेस्रो सिजनबाहेक सबै सिजन बच्चनले नै होस्ट गरेका हुन् । तेस्रो सिजनमा भने अभिनेता शाहरुख खान होस्ट बनेका थिए । दजनौँलाई करोडपति र धेरैलाई लखपति बनाइसकेको यस शो ले अमिताभको पहिरन (वार्डरोब) का लागि कति खर्च गर्छन् भन्ने जिज्ञासा जोकोहीलाई हुन सक्छ ।
नवभारत टाइम्सका अनुसार ‘कौन बनेगा करोडपति’ को हरेक एपिसोडमा होस्ट अमिताभ बच्चनको पहिरनका लागि लाखौँ रुपैयाँ खर्च हुन्छ । रिपोर्टका अनुसार एउटा एपिसोडमा अमिताभको पहिरनका लागि करिब १० लाख खर्च हुने बताइएको छ ।
हरेक एपिसोडमा अमिताभलाई सुटबुटमा टाई, ब्रोच, पिन, स्कार्फसहित पर्फेक्ट लुकमा देखाइन्छ । यसका लागि सबै पहिरन विदेशबाट मगाइन्छ । पछिल्लो सिजनहरूमा प्रिया पाटिल अमिताभका स्टाइलिस मेकअप म्यान थिइन् ।