site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गभर्नरको प्रश्न– भ्रम सिर्जना हुने काम किन गरेको ? एमालेको स्पष्टीकरण : एम अधिकारी तपाईं होइन

काठमाडौं । नेकपा एमालेले एम अधिकारी गभर्नर महाप्रसाद अधिकारी नभएको स्पष्ट पारेको छ ।

नेकपा एमालेका कार्यालय सचिव डा. भीष्म अधिकारीले महाप्रसाद अधिकारीलाई एक पत्र लेख्दै यस्तो स्पष्टीकरण दिनुपरेको हो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

“अर्थ तथा योजना विभागमा उल्लेखित एम अधिकारी खोटाङ नाम सदस्यको रुपमा उल्लेखित भएकोमा सामाजिक सञ्जाल, सञ्चारमाध्यमसमेतमा उक्त व्यक्ति नेपाल राष्ट्र बैंकको गभर्नर हो भनी भ्रम सिर्जना हुन गएकोमा हाम्रो पार्टीको ध्यानाकर्षण भएको छ । हाम्रो कमिटी र विभागहरुमा त्यस्ता सार्वजनिक पद धारण गरेका व्यक्तिहरु रहने वैधानिक व्यवस्था छैन । तसर्थ, उक्त विगभामा उल्लेखित एम अधिकारी खोटाङ भनी उल्लेखित व्यक्ति तपाईं राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारी नभएको व्यहोरो स्पष्ट गर्दछु,” एमालेले लेखेको पत्रमा उल्लेख छ ।

गभर्नर अधिकारीले बुधबार एमालेलाई एक पत्र लेखेर एमालेसँग एम अधिकारीका बारेमा जानकारी माग गरेका थिए ।

“त्यस पार्टीको अर्थ सम्बन्धी विभाग गठन भएको र सो विभागमा एम अधिकारी खोटाङ सदस्य रहेको भनी सोसियल मिडिया तथा अन्य सञ्चारमाध्यमबाट जानकारी भयो । उक्त नामसँग म नेपाल राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारीलाई जोडेर म नै सो व्यक्ति रहेको भान हुने गरी समाजमा भ्रम सृजना भएको देखिन्छ । म सम्पूर्ण राजनैतिक दल र नेतृत्वको सम्मान गर्दछु । साथै, त्यस दललगायत कुनै पनि राजनैतिक दलको सदस्य नरहेको व्यहोरा समेत अनुरोध गर्दछु । यसरी राजनैतिक पार्टीमा आवद्ध नरहेको तथा गभर्नर जस्तो जिम्मेवार पदमा रहेको व्यक्ति कुने पार्टी विशेषको कुनै समितिमा रहने, बस्ने भन्ने बाहिरको विषय हुँदाहुँदै यस प्रकारको भ्रम उक्त समिति गठनले सृजना गरेको हुँदा सो विषयमा स्पष्ट पारी मलाई समेत जानकारी उपलब्ध गराई दिनुहुन अनुरोध गर्दछु,” गभर्नर अधिकारीले एमालेलाई पत्र लेख्दै सोधेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार ३०, २०७९  १४:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro