राजनीति
काठमाडौं । राप्रपा नेपालले चुनाव चिह्न गाईको माग गर्दै सर्वोच्चमा रिट दायर गरेको छ । पार्टीको तर्फबाट अध्यक्ष कमल थापाले बिहीबार रिट दर्ता गराएका हुन् ।
पार्टी महामन्त्री राजाराम बर्तौलाले दिएको जानकारी अनुसार चुनाव चिह्न ‘गाई’ माग गर्दै रिट दर्ता भएको हो । बिहीबार दर्ता भएको रिटमा शुक्रबार सुनुवाइ हुने बताइएको छ ।
निर्वाचन आयोगलाई विपक्षी बनाएर रिट दर्ता गरिएको छ ।
प्रकाशित मिति: बिहीबार, असार ३०, २०७९ १३:५९
प्रतिक्रिया दिनुहोस्