site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लिउको बीपी संग्रहालय भ्रमण १४ तस्बिरमा, कांग्रेस भन्छ– चीनले विश्वासिलो शक्ति खोजेको छ  

काठमाडौं । नेपालको चारदिने भ्रमणमा आएका चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ चियानछाओले अन्तिम दिनमा बीपी संग्राहलय पुगेर गरेको अवलोकनलाई नेपालको राजनीतिमा महत्वका साथ हेरिएको छ ।

नेपाल भ्रमणमा रहेका लिउले बुधबार संग्रहालय पुगेर एकघण्टा बढी बिताएका थिए ।

संग्रहालय प्रमुख परशुराम पोखरेल र कूटनीतिज्ञ दिनेश भट्टराईले बीपी संग्रहालय, बीपीको समयमा चीनसँगको सम्बन्ध, त्यहाँ रहेका दस्तावेजका बारेमा बताएका थिए ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

भेटमा सहभागी भट्टराईले चीनले यसअघिभन्दा कांग्रेसलाई बढी महत्व दिएको बताउँछन् ।

“कांग्रेसलाई अलि नजिकबाट बुझ्न खोजेको देखिन्छ,” उनले भने, “ कांग्रेसको इतिहास बीपीको लिगेसी जान्न खोजेको देखिन्छ । बीपीको योगदानलाई अपनत्व लिन खोजेको देखिन्छ । नेपालको कम्युनिष्ट पार्टीसँग सम्बन्ध चाहिँ राख्ने तर आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने भन्ने उनीहरुको कुरा छ । तर, त्यसको विपरीत यहाँ कम्युनिष्ट पार्टी फुट्न लाग्दा घर घर गएर चिनियाँ राजदूतले नेताहरुको जस्तो व्यवहार देखाइन् । अहिले त्यस्तो पाइएन । सम्बन्ध सुधार गर्न चाहेको देखियो । जुनै पार्टी आए पनि नेपालको एक चीन नीति फरक पर्दैन भन्ने विश्वास गरायौँ । कसैलाई लिएर हिँड्नुभन्दा सबैलाई लिएर अघि बढौं समदुरीको सम्बन्ध राखौँ भनेजस्तो देखिन्छ । नामधारी कम्युनिष्टहरूको विश्वास रहेन । यिनीहरुले चीनको विश्वास अनुसार काम गरेनन् । चिनियाँहरुले बाहिर भनेभन्दा पनि केही बढी गर्न खोजेको हो कि भन्ने पनि देखिन्छ ।”

उनले नेपालको राजनीतिमा कांग्रेस महत्वपूर्ण शक्ति हो भन्ने सन्देश चीनले दिएको उनको बुझाइ छ ।

लिउ बीपी संग्रहालय पुगेका बेला बाह्रखरीले लिएका केही तस्बिर :

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार ३०, २०७९  १३:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro