राजनीति
काठमाडौं । प्रधानमन्त्रीले डाकेपछि राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारी बालुवाटार पुगेका छन् । बालुवाटार स्रोतका अनुसार अहिले उनले प्रधानमन्त्रीलाई बिफ्रिङ गरिरहेका छन् ।
नेकपा एमालेको अर्थ विभागको सदस्यका रुपमा काम गरिरहेको भन्दै अधिकारीको एम अधिकारीका रुपमा चर्चा भइरहेको छ ।
संसदबाटै उनलाई राजीनामा दिएर बाहिरिन सुझावसमेत आइसकेको छ । बालुवाटारले अधिकारीलाई आर्थिक अवस्थाका विषयमा ब्रिफिङका लागि बोलाएको स्रोतले जनाएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएपछि सो मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवाले लिएका छन् ।
प्रकाशित मिति: बिहीबार, असार ३०, २०७९ १२:४५
प्रतिक्रिया दिनुहोस्